काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेसका माग सम्बोधन नभए २० लाख जनताको मानव सांङ्लो उतार्ने चेतावनी दिएका छन्।
शुक्रबार चितवनमा नेकपा एमालेको १० औं महाधिवेशन उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै ठाकुरले यसअघि २० लाख मनाव सांङलो निकालेको प्रशंक कोट्उँदै त्यसो गर्नु पर्ने अवस्था नल्याउन आग्रह गरे। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले केही मुद्दा र माग सम्बोधन गर्ने प्रयास गरेपनि सबै हुन नसकेको उनले बताए।
‘केपीजीले सरकारको नेतृत्व गर्दा केही मुद्दा फिर्ता र बन्दी रिहाका काम भएका थिए। सबै हुन पाएको छैन’ ठाकुरले भने,‘अहिले प्रधानमन्त्री देउवाजी हुनु भएको छ। हाम्रा संसद नेता कार्यकर्ता अझै जेलमा छन् उनीहरुलाई छोड्ने र मुद्दा फिर्ता लिन सहयोग गर्नुस्।’ एमाले अहिलेको अवस्था भन्दा अझै उचाईमा पुगोस् भन्दै ठाकुरे शुभेच्छा प्रकट गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।