काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० औं राष्ट्रिय महाधिवेशन उद्घाटन गरेका छन्।
शुक्रबार चितवनस्थित नारायण नदी किनारामा एमाले अध्यक्ष ओलीले झण्डोत्तलन गर्दै महाधिवेशन उद्घाटन गरेका हुन्।
उनले नेपालको झण्डा, नेकपा एमालेको चुनाव चिह्न सूर्य, कम्युनिस्टको हसिया हथौंडा अंकित झण्डलाई एकसाथ स्वीच मार्फत झण्डोत्तलन गरेका थिए।
एमाले महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतपनि उपस्थित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।