काठमाडौं– सरकारी वकिलहरुको संस्था सरकारी वकिल समाजले सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीहरुउपर प्रहरी परिचालन गर्नु अनुचित भएको बताएको छ।
न्यायिक सुधार गर्ने तथा स्वतन्त्र न्यायपालिकाको सम्मान कायम गर्न आग्रह गर्दै समाजले न्यायपालिकामा देखिएको विद्यमान अवस्थाको अविलम्ब अन्त्य हुनुपर्ने बताएको छ।
यसको उचित निकासका लागि सम्बन्धित निकाय, पदाधिकारी तथा संस्था अत्यन्त जिम्मेवारीपूर्वक प्रस्तुत हुने सरकारी वकील समाजले अपेक्षा गरेको विज्ञप्तिमा भनिएको छ।
'प्रधानन्यायाधीश, न्यायाधीश तथा यससँग सरोकार राख्ने सबैमा विद्यमान परिस्थितिको उचित निकासका लागि आग्रह गर्छछौं', विज्ञप्तिमा भनिएको छ।
सरकारी वकिल समाजका सचिव सञ्जिवराज रेग्मीले जारी गरेको विज्ञप्तिमा सर्वोच्च अदालतमा उत्पन्न परिस्थिति र समग्र न्याय प्रशासन क्षेत्रमा पर्न गएको प्रभावका सन्दर्भमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख।
सर्वोच्च अदालतमा उठेका भष्ट्राचार, अनियमितता, पेसी व्यवस्थापन, न्याय सम्पादनमा भएका ढिलासुस्ती लगायतका विवादित विषय गम्भीर रहेको सरकारी वकिलहरुको ठहर छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।