काठमाडौं– नेपाल प्रहरीले एकै पटक २३ सयभन्दा धेरै संख्यामा आवेदन माग गरेको छ। प्रहरीले अधिकृत तथा तल्लो तहमा गरी सो संख्यामा आवेदन माग गरेको हो।
आज प्रकाशित सूचनाअनुसार प्रहरीले एक सय ४६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) तथा एक हजार ९ सय ७१ जना प्रहरी जवान लागि आवेदन माग गरेको हो।
कार्यालयले विभिन्न पदका कार्यालय सहयोगी पदमा समेत खुला र समावेशी प्रावधानअनुसार पदपूर्ति गर्ने गरी आवेदन खुला गरेको छ।
इच्छुकहरूलाई आवदेन दिन पनि प्रहरी प्रधान कार्यालयले अनुरोध गरेको छ। फागुन १९ गतेदेखि दरखास्त फारम बुझाउन सकिने सूचनामा उल्लेख छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।