काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यसम्पादन समितिले एकता महाधिवेशनका सन्दर्भमा सामाजिक, राजनीतिक र आर्थिक कार्यपत्र परिमार्जनसहित पारित गरेको छ।
समितिले पार्टी अध्यक्ष पशुपतिशम्शेर राणाद्वारा प्रस्तुत ‘सामाजिक कार्यपत्र’, कमल थापाद्वारा प्रस्तुत ‘राजनीतिक कार्यपत्र’ र डा प्रकाशचन्द्र लोहनीद्वारा प्रस्तुत ‘आर्थिक कार्यपत्र’ परिमार्जनसहित पारित गरेको हो।
विधान संशोधन सुझाव समितिका संयोजक निरञ्जन थापाद्वारा प्रस्तुत विधान संशोधनसम्बन्धी मस्यौदा पनि परिमार्जनसहित पारित गरिएको केन्द्रीय सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
बैठकमा केन्द्रीय निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले निर्वाचनसम्बन्धी र कोषाध्यक्ष चन्द्रबहादुर गुरुङले आयव्यय विवरण प्रस्तुत गरेका थिए। पार्टीको महाधिवेशन यही मङ्सिर १५, १६ र १७ गते काठमाडौँमा हुँदै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।