• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर २२, २०८२ Mon, Dec 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

न्यायिक इतिहासमा बिहीबारका २ घटना: गोलाप्रथा र मार्च पास!

64x64
दुर्गा दुलाल बिहीबार, मंसिर ९, २०७८  २१:३७
1140x725

काठमाडौं– नेपालको न्यायिक इतिहासमा बिहीबार (मंसिर ९ गते) दुईवटा नौला घटना भए। नेपाली न्यायालयको इतिहासमै पहिलोपटक सर्वोच्च अदालतमा गोलाप्रथा प्रणालीबाट मुद्दाहरुको पेसी तोक्ने निर्णय बिहीबार भयो। यस्तै, न्यायपालिका प्रमुख (प्रधानन्यायाधीश)विरुद्ध पहिलोपटक कानुन व्यवसायीसहित पेसागत संगठन र नागरिक अगुवाहरुले सडकमा मार्चपास गर्नु पर्‍यो। 

बिहीबारका २ घटना 'एउटै बीउबाट उम्रिएका २ विरुवा'जस्तै बन्न पुगे। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीका अनुसार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाका पछिल्ला 'गतिविधि'कै उपजको रुपमा बिहीबारका २ घटनालाई लिन सकिन्छ। एउटा घटनाले न्यायपालिकाको सुखद् भविष्यको 'रेखा' कोरेको र अर्कोले न्यायपालिकाका विकृतिबारे सडकबाट सबैले सुन्नेगरी बोलेको त्रिपाठी बताउँछन्। 

नेपालको २९औं प्रधानन्यायाधीशका रुपमा न्यायपालिकाको 'बागडोर' सम्हाल्न पुगेका चोलेन्द्र शमशेर राणा इतिहासकै सबैभन्दा धेरै विवादित प्रधानन्यायाधीश पनि बन्न पुगेका छन्। राणाकै सहकर्मी (सर्वोच्च अदालतका न्यायाधीश)देखि कानुन व्यवसायी र नागरिक अगुवाहरु उनको राजीनामा माग्दै सडकमा पुगेका छन्। जसको पछिल्लो प्रकरणको रुपमा बिहीबारका २ घटना बन्न पुगेका छन्। 

बिहीबार राणाबाहेक सर्वोच्चका १८ जना न्यायाधीशहरुको पूर्ण बैठक (फुल कोर्ट) बस्यो। फुल कोर्टले मंसिर १५ गतेदेखि गोलाप्रथा प्रणालीबाट मुद्दाको पेसी तोक्ने निर्णय गर्‍यो। यस्तै, हेर्दाहेर्दैमा रहेका र निर्णय सुनाउने दिन (निसु) तोकिएका मुद्दाको पेसी पनि गोलाप्रथाबाटै तोक्ने निर्णय पनि बिहीबारको फुल कोर्टले गर्‍यो।

१ न्यायाधीशको एकल र २ वा २ भन्दा बढी न्यायाधीशको संयुक्त इजलासले कुनै मुद्दाको सुनुवाइ गर्दागर्दै समय पुगेन भने मुद्दा हेर्दाहेर्दैमा राख्ने गरिन्छ। अर्को आदेश नहुँदासम्म एउटै इजलासमा रहने अवस्थालाई मुद्दा हेर्दाहेर्दैमा रहेको भनिन्छ। तर, बिहीबारको निर्णयानुसार भने अब हेर्दाहेर्दैमा रहेको मुद्दा सम्बन्धित इजलासले मात्रै हेर्न पाउने छैन, गोलाप्रथाबाट जुन इजलासमा जान्छ त्यो इजलासले सुरुदेखि मुद्दा हेर्छ। 

सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ थालेर हेर्दाहेर्दैमा राखी चलखेल गर्ने गरेको विषय बेला–बेला चर्चामा आउने गरेको थियो। यस्तै, प्रधानन्यायाधीश राणामाथि मुद्दाको निसु तोकेर फैसलाका लागि लामो समयसम्म झुलाइ चलखेल गरेको आरोप पनि लाग्दै आएको छ। बिहीबारको निर्णय कार्यान्वयन हुँदा न्यायालयमा रहेका विकृतिहरु हटाउन केही हदसम्म भएपनि मद्दत पुग्ने कानुन व्यवसायीहरुको भनाइ छ।   

'ऐतिहासिक' कार्यकाल पाएका विवादित प्रधानन्यायाधीश
विश्वनाथ उपाध्याय (२०४८–२०५२) यता कुनै पनि प्रधान्यायाधीशले ४ वर्षे कार्यकाल पूरा गरेका छैनन्। २०५२ साल यताका प्रधानन्यायाधीशमध्ये राणा मात्रै यस्ता 'भाग्यमानी' व्यक्ति हुन्, जसले प्रधानन्यायाधीशको रुपमा ४ वर्षको 'ऐतिहासिक' कार्यकाल पाएका थिए।  

२०७५ पुसमा प्रधानन्यायाधीश नियुक्त भएका राणा ६५ वर्षे उमेर हदका कारण २०७९ मंसिर २८ गते अनिवार्य अवकासमा जानुपर्ने हो। तर, दिनदिनै चर्किरहेको आन्दोलनले अझै १ वर्ष उनलाई न्यायालयको नेतृत्व सम्हाल्न दिने अवस्था भने देखिँदैन। 

Ncell 2
Ncell 2

१ वैशाख २०५३ मा पुनरावेदन अदालतको अस्थायी न्यायाधीशको नियुक्ति पाएका राणाको 'जुडिसियल करिअर' सधैंजसो कुनै न कुनै विवादको घेरामा रह्यो। पछिल्लो समय उनीमाथि राजनीतिक नियुक्तिमा भागबण्डा खोजेकोदेखि आफ्नै भाइलाई विचौलियाको रुपमा परिचालित गरेर मुद्दामा 'मोलमोलाइ' गरेको आरोप लागेको छ।

प्रधानमन्त्रीसँग विभिन्न नियुक्तिमा भागबण्डा खोजेको, पेसी तोक्दा नियत राखेको, आफूविरुद्धका मुद्दाको सुनुवाइ अनिश्चित बनाएको भन्दै सर्वोच्च अदालतकै न्यायाधीशले राणाविरुद्ध आन्दोलन घोषणा गरे। अहिले नेपाल बार एसोसिएसनले उनको बहिर्गमनलाई प्रमुख मुद्दा बनाएर सडक आन्दोलन गरिरहेको छ। 

कानुन व्यवसायी भन्छन्– राणाको बहिर्गमन नहुन्जेल आन्दोलन रोकिन्न
राणाको राजीनामा माग्दै नेपाल बार एसोसिएसनको आह्वानमा कात्तिक ११ गते कानुन व्यवसायीले आन्दोलन सुरु गरेका थिए। सुरुमा हातमा कालोपट्टी बाँधेर सर्वोच्चमा भेला भएका कानुन व्यवसायीहरु अहिले सडकमै उत्रिएका छन्। 

बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ प्रधानन्यायाधीश राणाको बहिर्गमन नहुञ्जेल आन्दोलन नरोकिने बताउँछन्। ‘हामी न्यायालय शुद्धीकरणको अभियानमा यस्तो ठाउँमा आइसकेका छौं, अब हाम्रा लागि प्रधानन्यायाधीशको रुपमा चोलेन्द्र शमशेर राणा छैनन्,’ श्रेष्ठ भन्छन्, ‘उनी कानुनी रुपमा बिदा लिन बाँकी भए पनि हामीले नयाँ प्रधानन्यायाधीशको खोजी शुरु गरिसकेका छौं।'

नेपाल बारका पूर्वअध्यक्ष शम्भु थापा अहिले सर्वोच्च अदालत प्रधानन्यायाधीशविहिन अवस्थामा रहेको टिप्पणी गर्छन्। ‘सर्वोच्चमा प्रधानन्यायाधीश छैनन्। तपाईं मान्नुस् वा नमान्नुस् चोलेन्द्र शमशेरलाई हामीले हटाइसकेका छौं,’ उनले भने, ‘सर्वोच्च अदालतमा रहने न्यायाधीश न्यायमुर्ति हुने भएकाले विचौलियाको नाइके वा गुन्डा परिचालन गर्ने व्यक्ति कसरी रहन सक्छ?’ 

वरिष्ठ अधिवक्ता एवं पुर्व महान्यायाधिवक्ता बद्रीबहादुर कार्कीले बदनाम र विवादित व्यक्तिको बर्हिगमन नभएसम्म बारको आन्दोलन जारी रहने बताए। बारको आन्दोलनमा आफूहरुको सर्मथन तथा साथ रहने कार्कीको भनाइ छ। 

प्रकाशित मिति: बिहीबार, मंसिर ९, २०७८  २१:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
सिंहदरवारमा प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै प्रसाईँले राजसंस्था पुन:स्थापना, हिन्दु अधिराज्य कायम हुनुपर्ने लगायतका विभिन्न मागहरू सरकारसँग राखेका छन् । उक्त माग पूरा नभए आन्दो... सोमबार, मंसिर २२, २०८२
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी जेन-जी आन्दोलनको क्रममा आगजनी गरिएका संरचना अवलोकनमा सिंहदरबार गएकी थिइन् । सोक्... आइतबार, मंसिर २१, २०८२
महाधिवेशन उद्‌घाटनमा सहभागी हुने सदस्यलाई अध्यक्ष ओलीले पठाए पत्र पार्टीको बागमती प्रदेशका इञ्चार्ज एवं महाधिवेशनका लागि गठित जनपरिचालन कमिटीका सचिव राजन भट्टराईले लोकतन्त्रका पक्षधर शक्ति एकजुट भएर... आइतबार, मंसिर २१, २०८२
ताजा समाचारसबै
पृथ्वी राजमार्गको नागढुंगा-मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सोमबार, मंसिर २२, २०८२
एनपिएल : आज विश्राम, कुनै खेल नहुने सोमबार, मंसिर २२, २०८२
ईश्वर पोखरेल समूहले आज पत्रकार सम्मेलन गर्दै सोमबार, मंसिर २२, २०८२
बर्दियाको राजापुरमा अज्ञात व्यक्तिद्वारा गोली हानी एक जनाको हत्या सोमबार, मंसिर २२, २०८२
सिंहदरवारमा प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै सोमबार, मंसिर २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
क्यानका निलम्बित महानिर्देशक अधिकारी कारागार चलान आइतबार, मंसिर २१, २०८२
पोखरा विमानस्थलमा अनियमितता: ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा आइतबार, मंसिर २१, २०८२
सिंहदरवारमा प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै सोमबार, मंसिर २२, २०८२
हेटौंडा सडक विस्तार कार्य तत्कालका लागि स्थगित आइतबार, मंसिर २१, २०८२
ईश्वर पोखरेल समूहले आज पत्रकार सम्मेलन गर्दै सोमबार, मंसिर २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
ईश्वर पोखरेललगायतका एमाले नेताहरूको आन्तरिक छलफल थापागाउँमा जारी सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्