• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

न्यायिक इतिहासमा बिहीबारका २ घटना: गोलाप्रथा र मार्च पास!

64x64
दुर्गा दुलाल बिहीबार, मंसिर ९, २०७८  २१:३७
1140x725

काठमाडौं– नेपालको न्यायिक इतिहासमा बिहीबार (मंसिर ९ गते) दुईवटा नौला घटना भए। नेपाली न्यायालयको इतिहासमै पहिलोपटक सर्वोच्च अदालतमा गोलाप्रथा प्रणालीबाट मुद्दाहरुको पेसी तोक्ने निर्णय बिहीबार भयो। यस्तै, न्यायपालिका प्रमुख (प्रधानन्यायाधीश)विरुद्ध पहिलोपटक कानुन व्यवसायीसहित पेसागत संगठन र नागरिक अगुवाहरुले सडकमा मार्चपास गर्नु पर्‍यो। 

बिहीबारका २ घटना 'एउटै बीउबाट उम्रिएका २ विरुवा'जस्तै बन्न पुगे। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीका अनुसार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाका पछिल्ला 'गतिविधि'कै उपजको रुपमा बिहीबारका २ घटनालाई लिन सकिन्छ। एउटा घटनाले न्यायपालिकाको सुखद् भविष्यको 'रेखा' कोरेको र अर्कोले न्यायपालिकाका विकृतिबारे सडकबाट सबैले सुन्नेगरी बोलेको त्रिपाठी बताउँछन्। 

नेपालको २९औं प्रधानन्यायाधीशका रुपमा न्यायपालिकाको 'बागडोर' सम्हाल्न पुगेका चोलेन्द्र शमशेर राणा इतिहासकै सबैभन्दा धेरै विवादित प्रधानन्यायाधीश पनि बन्न पुगेका छन्। राणाकै सहकर्मी (सर्वोच्च अदालतका न्यायाधीश)देखि कानुन व्यवसायी र नागरिक अगुवाहरु उनको राजीनामा माग्दै सडकमा पुगेका छन्। जसको पछिल्लो प्रकरणको रुपमा बिहीबारका २ घटना बन्न पुगेका छन्। 

बिहीबार राणाबाहेक सर्वोच्चका १८ जना न्यायाधीशहरुको पूर्ण बैठक (फुल कोर्ट) बस्यो। फुल कोर्टले मंसिर १५ गतेदेखि गोलाप्रथा प्रणालीबाट मुद्दाको पेसी तोक्ने निर्णय गर्‍यो। यस्तै, हेर्दाहेर्दैमा रहेका र निर्णय सुनाउने दिन (निसु) तोकिएका मुद्दाको पेसी पनि गोलाप्रथाबाटै तोक्ने निर्णय पनि बिहीबारको फुल कोर्टले गर्‍यो।

१ न्यायाधीशको एकल र २ वा २ भन्दा बढी न्यायाधीशको संयुक्त इजलासले कुनै मुद्दाको सुनुवाइ गर्दागर्दै समय पुगेन भने मुद्दा हेर्दाहेर्दैमा राख्ने गरिन्छ। अर्को आदेश नहुँदासम्म एउटै इजलासमा रहने अवस्थालाई मुद्दा हेर्दाहेर्दैमा रहेको भनिन्छ। तर, बिहीबारको निर्णयानुसार भने अब हेर्दाहेर्दैमा रहेको मुद्दा सम्बन्धित इजलासले मात्रै हेर्न पाउने छैन, गोलाप्रथाबाट जुन इजलासमा जान्छ त्यो इजलासले सुरुदेखि मुद्दा हेर्छ। 

सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ थालेर हेर्दाहेर्दैमा राखी चलखेल गर्ने गरेको विषय बेला–बेला चर्चामा आउने गरेको थियो। यस्तै, प्रधानन्यायाधीश राणामाथि मुद्दाको निसु तोकेर फैसलाका लागि लामो समयसम्म झुलाइ चलखेल गरेको आरोप पनि लाग्दै आएको छ। बिहीबारको निर्णय कार्यान्वयन हुँदा न्यायालयमा रहेका विकृतिहरु हटाउन केही हदसम्म भएपनि मद्दत पुग्ने कानुन व्यवसायीहरुको भनाइ छ।   

'ऐतिहासिक' कार्यकाल पाएका विवादित प्रधानन्यायाधीश
विश्वनाथ उपाध्याय (२०४८–२०५२) यता कुनै पनि प्रधान्यायाधीशले ४ वर्षे कार्यकाल पूरा गरेका छैनन्। २०५२ साल यताका प्रधानन्यायाधीशमध्ये राणा मात्रै यस्ता 'भाग्यमानी' व्यक्ति हुन्, जसले प्रधानन्यायाधीशको रुपमा ४ वर्षको 'ऐतिहासिक' कार्यकाल पाएका थिए।  

२०७५ पुसमा प्रधानन्यायाधीश नियुक्त भएका राणा ६५ वर्षे उमेर हदका कारण २०७९ मंसिर २८ गते अनिवार्य अवकासमा जानुपर्ने हो। तर, दिनदिनै चर्किरहेको आन्दोलनले अझै १ वर्ष उनलाई न्यायालयको नेतृत्व सम्हाल्न दिने अवस्था भने देखिँदैन। 

Ncell 2
Ncell 2
nimb
nimb

१ वैशाख २०५३ मा पुनरावेदन अदालतको अस्थायी न्यायाधीशको नियुक्ति पाएका राणाको 'जुडिसियल करिअर' सधैंजसो कुनै न कुनै विवादको घेरामा रह्यो। पछिल्लो समय उनीमाथि राजनीतिक नियुक्तिमा भागबण्डा खोजेकोदेखि आफ्नै भाइलाई विचौलियाको रुपमा परिचालित गरेर मुद्दामा 'मोलमोलाइ' गरेको आरोप लागेको छ।

प्रधानमन्त्रीसँग विभिन्न नियुक्तिमा भागबण्डा खोजेको, पेसी तोक्दा नियत राखेको, आफूविरुद्धका मुद्दाको सुनुवाइ अनिश्चित बनाएको भन्दै सर्वोच्च अदालतकै न्यायाधीशले राणाविरुद्ध आन्दोलन घोषणा गरे। अहिले नेपाल बार एसोसिएसनले उनको बहिर्गमनलाई प्रमुख मुद्दा बनाएर सडक आन्दोलन गरिरहेको छ। 

कानुन व्यवसायी भन्छन्– राणाको बहिर्गमन नहुन्जेल आन्दोलन रोकिन्न
राणाको राजीनामा माग्दै नेपाल बार एसोसिएसनको आह्वानमा कात्तिक ११ गते कानुन व्यवसायीले आन्दोलन सुरु गरेका थिए। सुरुमा हातमा कालोपट्टी बाँधेर सर्वोच्चमा भेला भएका कानुन व्यवसायीहरु अहिले सडकमै उत्रिएका छन्। 

बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ प्रधानन्यायाधीश राणाको बहिर्गमन नहुञ्जेल आन्दोलन नरोकिने बताउँछन्। ‘हामी न्यायालय शुद्धीकरणको अभियानमा यस्तो ठाउँमा आइसकेका छौं, अब हाम्रा लागि प्रधानन्यायाधीशको रुपमा चोलेन्द्र शमशेर राणा छैनन्,’ श्रेष्ठ भन्छन्, ‘उनी कानुनी रुपमा बिदा लिन बाँकी भए पनि हामीले नयाँ प्रधानन्यायाधीशको खोजी शुरु गरिसकेका छौं।'

नेपाल बारका पूर्वअध्यक्ष शम्भु थापा अहिले सर्वोच्च अदालत प्रधानन्यायाधीशविहिन अवस्थामा रहेको टिप्पणी गर्छन्। ‘सर्वोच्चमा प्रधानन्यायाधीश छैनन्। तपाईं मान्नुस् वा नमान्नुस् चोलेन्द्र शमशेरलाई हामीले हटाइसकेका छौं,’ उनले भने, ‘सर्वोच्च अदालतमा रहने न्यायाधीश न्यायमुर्ति हुने भएकाले विचौलियाको नाइके वा गुन्डा परिचालन गर्ने व्यक्ति कसरी रहन सक्छ?’ 

वरिष्ठ अधिवक्ता एवं पुर्व महान्यायाधिवक्ता बद्रीबहादुर कार्कीले बदनाम र विवादित व्यक्तिको बर्हिगमन नभएसम्म बारको आन्दोलन जारी रहने बताए। बारको आन्दोलनमा आफूहरुको सर्मथन तथा साथ रहने कार्कीको भनाइ छ। 

प्रकाशित मिति: बिहीबार, मंसिर ९, २०७८  २१:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
बालेनले तोडे प्रधानमन्त्रीको विदेश भ्रमणको परम्परा, विमानस्थलमा औपचारिक विदाइ नहुने उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार अपरान्ह न्युयोर्क जान लागेका प्रधानमन्त्री शाहले औपचारिक विदाइको तामझाम नगर... मंगलबार, असोज ६, २०८३
ओलीलाई हटाउन खोजेको होइन, पुनर्गठनको सुझाव गलत बुझियो : शंकर पोखरेल पार्टी केन्द्रीय कमिटी बैठकको दोस्रो दिन सम्बोधनको क्रममा पोखरेलले अध्यक्ष र आफूबीच फाटो ल्याउन खोजिएको भन्दै अध्यक्षले पनि आफूलाई ह... मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाह र मलेसियाली समकक्षी इब्राहिमबीच टेलिफोन वार्ता उनले मलेसियाली प्रधानमन्त्री इब्राहिमसँग टेलिफोनमार्फत आज बिहान छलफल गरेका हुन् । मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ६ सदस्य नियुक्त मंगलबार, असोज ६, २०८३
बालेनले तोडे प्रधानमन्त्रीको विदेश भ्रमणको परम्परा, विमानस्थलमा औपचारिक विदाइ नहुने मंगलबार, असोज ६, २०८३
ओलीलाई हटाउन खोजेको होइन, पुनर्गठनको सुझाव गलत बुझियो : शंकर पोखरेल मंगलबार, असोज ६, २०८३
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान मंगलबार, असोज ६, २०८३
दर्ता नभएका औषधि बिक्री रोक्न आयुर्वेद चिकित्सा परिषद्को अनुरोध मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्