काठमाडौं– कान्छो महानगर वीरगञ्जका नवनिर्वाचित मेयर विजय सरावगीले छोरीलाई स्कुल पठाउने र जन्मदर्ता गर्ने दुवै अभियान आफ्नो प्राथमिकतामा रहेको बताएका छन्। उनले प्रमुख ३ प्राथमिकतामा शिक्षा, स्वास्थ्य र मौलिक अधिकारलाई राखेका छन्।
‘म तत्काल ठूलो प्रतिबद्धता जनाउदिनँ, आमजनताका स–साना समस्याको सम्बोधन मेरो प्राथमिकतामा रहनेछ,' नेपाल लाइभसँग उनले भने, 'विशेषगरी छोरीको जन्मदर्ता र शिक्षामा जोड दिन्छु। ताकि कुनै पनि छोरी गर्भमै नमारिउन्।’
उनका प्राथमिकतामा शिक्षा, स्वास्थ्य र सरसफाइ छन्। वार्षिक रुपमा करिब साढे ३ करोड रुपैयाँ समाजसेवामा लगाउँछु भनेर दाबी गर्ने उनले पाँच वर्षमा वीरगञ्जको कायापलट गर्ने बताए। ‘मैले तलब, भत्ता लिने छैन। अहिल्यै धेरै कुरा बोल्दिनँ तर आफ्नो व्यक्तिगत कमाइसमेत महानगरको विकासमा लगाउँछु,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।