काठमाडौं- शाओमीले मी पोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसर र अल न्यू मी एयर प्युरिफायर-३ नेपाली बजारमा भित्र्याएको छ।
छोटो सडक यात्रादेखि हिमालयको लामो पदयात्रासम्मको लागि यी उपकरणहरू अत्यन्त उपयोगी छन्।
‘मी पोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसर एक शक्तिशाली पकेट आकारको उपकरण हो, जसको सहायताले तपाईंले बाहिरी पावर सप्लाइविनै आफ्नो गाडी, मोटरसाइकल वा साइकलको कुनै पनि फ्ल्याट टायर जुनसुकै समयमा, जहाँ भए पनि पूर्णआत्मविश्वासका साथ इनफ्लेट गर्न सक्नुहुनेछ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
यसैगरी मी एयर प्युरिफायर-३ शाओमीको लाइन-अपमा रहेको सबैभन्दा नवीनतम स्मार्ट एयर प्युरिफायर भएको कम्पनीले जनाएको छ।
‘शाओमीमा हामी अत्याधुनिक उत्पादन खोज्ने उपभोक्ताका लागि उत्कृष्ट प्रदर्शन गर्ने र आकर्षक डिजाइनयुक्त उत्कृष्ट प्रविधिको आविष्कारहरू ल्याउन केन्द्रित रहेका छौं। मी एयर प्युरिफायर-३ ट्रिपल लेयर फिल्टरेसनयुक्त शाओमीको सबैभन्दा नयाँ स्मार्ट एयर प्युरिफायर हो, जसले ९९.९७ प्रतिशतसम्म सूक्ष्म प्रदूषकहरूलाई हटाउने क्षमता राख्दछ,’ शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने।
मी पोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसर एक कम्प्याक्ट पकेट-साइजमा डिजाइन गरिएको शक्तिशाली एयर कम्प्रेसर भएको उनले बताए। जसलाई जहाँ गए पनि आफ्नो साथमा लैजान र सुविधाजनक रूपमा प्रयोग गर्न सकिने जनाएको छ। ‘मी एयर प्युरिफायर र मी पोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसरको लञ्चसँगै हाम्रो उद्देश्य भनेको इण्डष्ट्री फर्स्ट क्लास लिडिङ प्रोडक्ट्स नेपालमा ल्याउनु हो,’ कोठारीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।