• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

अध्यक्ष ढुंगाना बर्खास्तीमा परेपछि ३ महिनादेखि धितोपत्र बोर्डको काम ठप्प

64x64
सुमित्रा कार्की शुक्रबार, मंसिर १०, २०७८  ०८:०७
1140x725

काठमाडौं– नेपाल धितोपत्र बोर्ड (सेबोन) नेतृत्वविहीन बनेको ३ महिना बित्यो। सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएका भीष्मराज ढुंगाना अध्यक्षबाट बर्खास्तीमा परेपछि बोर्ड नेतृत्वविहीन बनेको हो। 

अध्यक्ष नहुँदा बोर्डको सामान्यबाहेक अन्य कामहरू प्रभावित बनेका छन्। अर्थ मन्त्रालयले बोर्डको अध्यक्ष चयनका लागि प्रक्रिया अगाडि बढाइसकेको छ। प्रारम्भिक तयारी अघि बढाइए पनि बोर्डमा अध्यक्ष नियुक्त गर्न अझै एक महिना लाग्नसक्ने अर्थ मन्त्रालय स्रोतले बताएको छ।

सरकारले राष्ट्रिय योजना आयोगका सदस्य डा.रामकुमार फुयाँलको नेतृत्वमा बोर्ड अध्यक्ष छनोट समिति गठन गरेर गत कात्तिक १४ गते आवेदन आह्वान गरेको थियो। उक्त समितिले जारी गरेको सूचनामा १५ दिनभित्र आवेदन दिन सकिने व्यवस्था गरिएको थियो।

त्यस अवधिमा १२ जनाको आवेदन परेको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ। छनोट समितिले त्यसबाट पाँच जनालाई छान्ने, पाँच जनाबाट पुनः तीन जनाको नाम अर्थ मन्त्रालयलाई सिफारिस गर्ने र मन्त्रिपरिषद्ले सोही सिफारिसका आधारमा एक जनालाई बोर्डको अध्यक्ष नियुक्त गर्ने प्रक्रिया निर्धारण गरिए पनि त्यसलाई परिवर्तन गरिएको छ।

अब मन्त्रिपरिषद्ले छनोट समिति गठन गर्ने र सोही समितिले बोर्डका अध्यक्ष चयन गर्नेगरी मापदण्ड बनाइएको अर्थ मन्त्रालयका एक अधिकारीले नेपाल लाइभलाई बताए।

अध्यक्ष छनोटका लागि मन्त्रिपरिषद् बैठकले नयाँ समिति बनाउन लागेको बताउँदै अर्थ मन्त्रालयका एक अधिकारीले सोही समितिले  छनोट गर्ने बताए। नयाँ समिति गठन गरेपछि मात्र छनोट प्रक्रिया अगाडि बढ्ने उनको भनाइ छ। 

यो सबै प्रक्रिया पूरा हुँदा बोर्डमा अध्यक्ष नियुक्त हुन अझै एक महिनाभन्दा बढी समय लाग्नसक्ने अर्थ मन्त्रालयका प्रवक्ता रितेश शाक्य बताउँछन्।

बोर्ड अध्यक्षका लागि बोर्डकै कार्यकारी निर्देशक निरज गिरी, उपकार्यकारी निर्देशक नवराज अधिकारी, चितवनका अनिल पौडेल, बिमा समितिका पूर्वअध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्वनिर्देशक चिरञ्जीवी चापागाईंले निवेदन दिएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

यसैगरी राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा गोपाल भट्ट, नेपाल स्टक एक्सचेन्ज (नेप्से)का पूर्वसीईओ सीताराम थपलिया, सेयर लगानीकर्ता केशवप्रसाद श्रेष्ठ, जीवन अमगाइ, रमेश हमाल र अम्विका शर्मा लामिछाने तथा कर्मचारी सञ्चय कोषका पूर्वप्रशासक कृष्णप्रसाद आचार्यको पनि आवेदन परेको अर्थ मन्त्रालयले जनाएको छ।

यी हुन् बोर्डमा नेतृत्व नहुँदा रोकिएका कामहरू:

आईपीओ निष्कासनको अनुमति
धितोपत्र बोर्डमा नेतृत्व नहुँदा विभिन्न कम्पनीको आईपीओ निष्कासनको काम अगाडि बढ्न सकेको छैन। बोर्ड अध्यक्षविहीन हुँदा प्रक्रिया पूरा भइसकेको कम्पनीको आईपीओ निष्कासन भइरहेको भए पनि बोर्डमा आवेदन दिएर बसेका दर्जनभन्दा बढी कम्पनीको आईपीओलाई बोर्डले अनुमति दिन सकेको छैन।

आईपीओको तयारीमा रहेका कम्पनीले आईपीओ निष्कासनका लागि सम्पूर्ण कागजातहरू बोर्डमा बुझाइसकेका छन्। तर, बोर्डमा अहिले सामान्य कामबाहेक अरू काम कारबाही रोकिएको छ। सञ्चालक समितिले पारित गरेको काम कतिपय बोर्डको अध्यक्ष नभएर रोकिएका छन्। कतिपय काम भने नेप्सेमा नेतृत्व नभएका कारण रोकिएको बोर्डका कार्यकारी निर्देशक निरज गिरीले बताए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

संस्थागत कम्पनीलाई ब्रोकर लाइसेन्स 
तीन वर्षअघिबाट बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने कुरा आएको थियो। धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष रेवतबहादुर कार्कीको पालादेखि बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने कुरा उठाउँदै आएकोमा हालसम्म पनि यस्तो लाइसेन्स वितरण गर्न सकेको छैन। यस सम्बन्धमा अध्ययन गर्न दुई वर्षअघि संसद्को अर्थ समितिले सांसद रामकुमारी झाँक्रीको संयोजकत्वमा एक उपसमिति गठन गरेको थियो। उक्त उपसमितिले बैंकको सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिनुपर्ने सुझावसहितको प्रतिवेदन बुझाएको थियो।

यता, लगानीकर्ताका विभिन्न समूहले पनि बैंकको सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिनुपर्ने आवाज उठाउँदै आएका छन्। तर, बोर्ड भने यस विषयमा मौन बस्दै आएको थियो। सेयर बजारको पहुँच विस्तार गर्न, न्यून आयस्तरका मानिससम्मलाई सेयर बजारमा प्रवेश गराएर यस क्षेत्रको विकास गर्न वाणिज्य बैंकका सहायक कम्पनीलाई दिइने लाइसेन्सले ठूलो सहयोग पुग्ने निर्देशक गिरी बताउँछन्। साथै, यसले हालका ब्रोकरहरूबाट लगानीकर्ताले पाइरहेको सास्ती न्यूनीकरण गर्न र सेयर बजारलाई अझै सहज एवं पारदर्शी बनाउन सहयोग पुग्ने सेयर बजारका विश्लेषकहरूले बताउँदै आएका छन्। बोर्डमा नयाँ नेतृत्व आएपछि मात्र यो काम अगाडि बढ्ने धितोपत्र बोर्डका एक अधिकारीले बताए।

ब्रोकरको छुट्टै टीएमएस सञ्चालन 
सेयर कारोबारका लागि ब्रोकरहरूले छुट्टै टीएमएस सञ्चालनमा ल्याउने तयारी गरेका थिए। अहिले नेप्सेले सञ्चालन गरिरहेको टीएमएस पटक-पटक अवरुद्ध भइरहने हुँदा कारोबारमा समस्या भोग्नुपरेको लगानीकर्ताले गुनासो गर्दै आएका छन्। उक्त गुनासोपछि नेप्से, ब्रोकर र बोर्डले ब्रोकरहरूमार्फत् नयाँ टीएमएस ल्याउने तयारी गरेका थिए।

यसका लागि नेप्सेले गत जेठ पहिलो साता नै विनियमावली बनाएर धितोपत्र बोर्डमा पठाएको थियो। विनियमावली बुझाएको करिब पाँच महिना बितिसक्दा पनि बोर्डले स्वीकृति दिएको छैन। नेप्से र धितोपत्र बोर्ड दुवै नेतृत्वविहीन हुँदा यो काम रोकिएको छ।

साउन १ गतेबाटै सञ्चालनमा ल्याउने भनिएको उक्त टीएमएस सञ्चालनमा आउने अनिश्चित बनेको एक ब्रोकर कम्पनीका सञ्चालक बताउँछन्।

बुक बिल्डिङमार्फत् आईपीओ निष्कासन
नेपालमा पहलोपटक बुक बिल्डिङमार्फत् आईपीओ ल्याउने तयारी भइरहेको थियो। सर्वोत्तम सिमेन्टले यो विधिबाट आईपीओ निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा आवेदन दिने तयारी गरेको थियो। तर, सोही कम्पनीको ‘गोल्डेन सेयर’ खरिद गरेको तथ्य बाहिरिएपछि बोर्डका अध्यक्ष ढुंगाना बर्खास्तीमा परे।

त्यसपछि उक्त प्रक्रिया नै अन्योलमा परेको बोर्डका अधिकारीहरू बताउँछन्। रियल सेक्टरका कम्पनीलाई सेयर बजारमा भित्र्याउनका लागि बुक बिल्डिङमार्फत् आईपीओ ल्याउन आवश्यक रहेको भए पनि बोर्डमा यो विधिबाट आईपीओ निष्कासन गर्न भनेर कुनै पनि कम्पनी नआएको बोर्डका निर्देशक गिरीको भनाइ छ। बोर्डमा अध्यक्ष नियुक्त हुनेबित्तिकै यसको तयारी गरिने उनले बताए।

राफसाफ कोष सञ्चालन
धितोपत्र बोर्डले ब्रोकरका लागि रकम सापटी लिन पाउने कोष (राफसाफ सुनिश्चित कोष) कार्यान्वयनमा ल्याउने तयारी गरेको थियो। सेयर खरिदकर्ताले समयमै पैसा तिर्न नसक्दा कारोबार राफसाफका लागि ब्रोकरले रकम सापटी लिन पाउने गरी उक्त कोष सञ्चालनमा ल्याउन लागेको थियो। यसका लागि बोर्डले नेप्सेलाई निर्देशनसमेत दिइसकेको थियो।

बोर्डले गत जेठमा दिनहुँ कारोबार रकम बढिरहेकाले प्रणालीगत जोखिम बढेको र त्यसलाई कम गर्न भन्दै उक्त कोष सञ्चालनमा ल्याउन नेप्सेलाई निर्देशन दिएको थियो। तर, नेप्से र बोर्ड दुवै नेतृत्वविहीन बनेपछि कोष सञ्चालन अन्योलमा परेको छ।

आगामी अध्यक्षको कार्यकाल दुई वर्षमात्र 
धितोपत्र बोर्डमा अब चयन हुने अध्यक्षको कार्यकाल दुई वर्ष मात्र हुने भएको छ। बर्खास्तीमा परेका पूर्वअध्यक्ष ढुंगानाको बाँकी कार्यकालका लागि मात्र नयाँ अध्यक्ष नियुक्त  गर्न लागिएको धितोपत्र बोर्ड स्रोतले जानकारी दिएको छ।

सरकारले बोर्डको नेतृत्व कसलाई दिन्छ भन्ने विषय अहिले आम चासोको विषय बनेको छ। साथै, नयाँ आउने नेतृत्वले बोर्डलाई विवादरहित रूपमा कसरी अगाडि बढाउलान् भन्ने चर्चासमेत लगानीकर्ताहरूले गरिरहेका छन्।

प्रकाशित मिति: शुक्रबार, मंसिर १०, २०७८  ०८:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
रोकिएन बजारको ओरालो यात्रा, साताको अन्तिम दिन पनि दोहोरो अंकले घट्यो नेप्से शुक्रबार ११.९० अंक घटेको बजार २५८७.२५ विन्दुमा रोकिएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले जनाएको छ । शुक्रबार, असोज १६, २०८३
ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित... शुक्रबार, असोज १६, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने प्राधिकरणले असोज १२ गते सोमबार साँझदेखि प्रणालीको परीक्षणसमेत गरिसकेको छ। प्रणाली सञ्चालनमा आएपछि बीमा कम्पनीले आफूखुसी सर्भेयर छनोट... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्