काठमाडौं- नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने अस्ट्रेलिया प्रस्थान गरेका छन्।
आसन्न टी–२० बिग बास लिग (बीबीएल) क्रिकेट प्रतियोगिता खेल्न उनी बुधबार त्यसतर्फ प्रस्थान गरेका हुन्।
सन्दीपले सामाजिक संजालमार्फत अस्ट्रेलिया प्रस्थान गरेको जानकारी दिएकन छन्।
होबर्ट हुरिकेन्समा अनुबन्धित सन्दीप लगातार दोस्रो सिजन खेल्न लागेका हुन्। ५ डिसेम्बरबाट सुरू हुने प्रतियोगितामा होबर्ट हुरिकेन्सले पहिलो खेल सिड्नी सिक्सर्ससँग खेल्ने छ। लिगमा ८ टिमको सहभागिता रहेको छ।
सन्दीपले बीबीएलमा १९ खेल खेल्दा ३४ विकेट लिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।