• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २७, २०८३ Sat, Sep 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष
संस्मरण

अँध्यारो अछाम, मुम्बईको झिलिमिली र काठमाडौंको तिब्बती चिया

तेजबहादुर शाह शनिबार, मंसिर १८, २०७८  १५:३५
1140x725

मेट्रिक पास गरेपछि पढ्नका लागि म पहिलो पटक काठमाडौं जाने भएँ। मेरो लागि काठमाडौं कल्पनाको शहर थियो। किनभने म सुदूरपश्चिमका पहाडी जिल्ला बझाङ र डोटीसम्म मात्र पुगेको थिएँ। सवारी साधन नहुँदा जहाँ जान पनि हिँड्नै पर्थ्यो।

म महेन्द्र हाइस्कुल बएलपाटा अछाममा पढेँ। मेट्रिक परीक्षा यहाँबाट दिने व्यवस्था थिएन। परीक्षा दिन डोटीको सिलगढी जानुपर्थ्यो।

२०२० सालमा मेट्रिक दिने अछामका पाँच जना थियौँ। एकै पटक सबैले परीक्षा उत्तीर्ण नगरे पनि पछि सबै सफल भए। मैले चाहिँ एकै पटकमा मेट्रिक उत्तीर्ण गरेँ।

त्यसपछिको पढाइ अछाममा थिएन। पढ्नका लागि मैले काठमाडौं जाने निर्णय गरेँ। २०२१ सालमा म पहिलो पटक काठमाडौं जान भनेर घरबाट निस्किएँ। तर, काठमाडौं जाने साथी थिएनन्। म मुम्बई जान हिँडेकाहरूको पछि लागेको थिएँ। उनीहरू नौ जना थिए, कामका लागि मुम्बई हिँडेका।

हामी नौ दिन हिँडेर महेन्द्रनगर पुगेका थियौँ। बाटोमा बास बस्न घरहरू थिएनन्। खानेकुरा बाटोमै पकाएर खान्थ्यौँ। कतै जंगल, कतै ओडारमा बस्थ्यौँ। पौवासमेत थिएनन्। सुत्नका लागि दरी र चद्दर बोकेका थियौँ। बाटोमा त्यही ओछ्याएर सुत्थ्यौँ। ढुंगाको सिरानी हाल्नुपथ्र्यो।

लामो यात्रापछि महेन्द्रनगर पुग्यौँ। म पहिलो पटक तराई झरेको थिएँ। त्यति विशाल सम्म भूभाग मैले देखेकै थिएन। मेरो लागि त त्यो नै अनौठो थियो। 

सिधै काठमाडौं जाने गाडी थिएन। कर्णाली नदीमा पुल बनेकै थिएन। महेन्द्रनगरबाट हामी टनकपुर गयौँ। मैले पहिलोपटक रेल र गाडी टनकपुरमा नै देखेको थिएँ। पहिला रेल अनि मात्र बस देखेँ। जे देखे पनि अनौठो मात्र। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यहाँबाट म पनि मुम्बई जाने टोलीसँग उतै लागेँ। हामी टनकपुरबाट रेलमा मुम्बई गएका थियौँ। पहिलो पटक रेल चढ्दा खूब आनन्द आएको थियो। टनकपुरबाट तीन दिनमा मुम्बई पुगियो। तर, सिधै मुम्बई जाने रेल पाइँदैन थियो। पहिला टनकपुरबाट बरेली पुग्यौँ। बरेलीमा फेरि टिकट काट्नु पर्‍यो। टनकपुरबाट बम्बई पुग्दा रेलको भाडा जम्मा भारू ३० लागेको थियो।

भारत जाँदा मैले एउटा अनौठो फूल पनि देखेँ। सेतो र कुनै हल्का नीलो थिए। मान्छेहरूलाई सोध्दा थाहा पाएँ, त्यो त सेतो गुराँस रहेछ। हाम्रोतिर रातो गुराँस मात्र हुन्थ्यो।

केही दिन मुम्बई घुमेँ। मसँग गएकाहरु मुम्बईमा चौकीदारी गर्थे। त्यहाँ अधिकांश नेपालीले गर्ने सबैभन्दा सम्मानित काम नै चौकीदारी थियो। केही दिन म उनीहरुसँगै बसेको थिएँ। 

त्यति बेला मुम्बई शहर देख्दा आश्चार्य लागेको थियो। ठूला घरहरु थिए। गाडीको घुइँचो थियो। रेल चल्थ्यो। मैले कल्पनासमेत नगरेको शहरको दृश्य थियो त्यो। यसरी काठमाडौं देख्नुअघि नै मैले त्योभन्दा ठूलो मुम्बई शहर देखेको थिएँ।

केही दिनपछि त्यहाँबाट फेरि काठमाडौं फर्किएँ। मुम्बईबाट फर्किँदा पनि ठाउँठाउँमा रेल फेर्नु पथ्र्यो। मुम्बईबाट मुजफ्फपुरसम्म आएँ। त्यहाँबाट फेरि सुगौलीसम्म रेलमा नै पुगेँ। अनि रक्सौलबाट वीरगञ्ज आइपुगेँ। त्यहाँ एक दिन बसेँ। अर्को दिन बस चढेर काठमाडौं गएँ। त्यो बेला पृथ्वी राजमार्ग खुलेको थिएन। त्रिभुवन राजपथको बाटो हुँदै काठमाडौं पुगेको थिएँ।

बसले सुन्धारा लगेर छाडिदियो। त्यो ठाउँको नाम मलाई थाहा थिएन। पछि मात्र सुन्धारा भन्ने थाहा पाएको थिएँ। बसबाट ओर्लिएर म हिँड्न थालेँ। रानीपोखरी नजिक पुगेपछि त्यहाँ भेटिएका मान्छेलाई गणेशथान कता पर्छ भनेर सोधेँ। त्यो मान्छेले लालदरबारतिर देखायो। म त्यतै गएँ। तर, उसले त उल्टो बाटो पो देखाएको रहेछ।

लालदरबार नजिक भेटिएको मान्छेलाई पनि गणेशथान सोधेँ। ऊ अछामकै मान्छे रहेछ। मेरो बोलाइको शैलीले उसले म पनि अछामी नै रहेको ठम्याइहाल्यो।

‘कसलाई खोज्नुभएको हो?’ उसले सोध्यो। त्यति बेला काठमाडौं उस्तो भिडभाड थिएन। एकै ठाउँतिरबाट काठमाडौं आएका मान्छेहरू प्रायः एक–अर्कामा परिचित हुन्थे। ती मान्छेसँग मैले मंगलबहादुर शाहको नाम लिएँ। मंगलबाहादुर अछामकै मेरो दाजुभाइ पर्ने थिए।

‘उहाँ त असनमा बस्नुहुन्छ,’ उनले असन जाने बाटो देखाइदिए।

असनको एउटा घरको माथिल्लो तलामा मंगलबहादुर शाह बस्दा रहेछन्। मलाई मंगलबहादुरको नाम थाहा थियो, तर चिनेको थिइनँ। नाम टिपेर लगेको थिएँ। मैले उनको नाम सोध्दै जाँदा छक्क परे। मेरोबारे सोधपुछ गरे। अचम्म माने।

म मंगलबहादुरसँगै असनमा नै बस्न थालेँ। त्यो घरमा एक जना बूढी महिला र उनकी नातिनी थिए। छोरा थिएनन्। छोरीतिरकी नातिनी बस्थिन्। त्यो परिवारले कुनै समय तिब्बत पुगेर व्यापार गर्दो रहेछ। राणाकालसम्म पनि नेपाल र तिब्बतबीच व्यापार हुन्थ्यो। काठमाडौंका व्यापारी सामान लिएर तिब्बत जान्थे। त्यहाँ केही महिना बसेर व्यापार गर्थे। अनि त्यताबाट फेरि सामान लिएर काठमाडौं आउँथे र यता पनि व्यापार चलाउँथे। यसरी व्यापार गर्ने काठमाडौंका नेवारहरु नै थिए।

यस्ता व्यापारीले तिब्बतको धेरै चालचलन र संस्कृति नेपाल भित्र्याएका छन्। मैले पहिलो पटक अनुभव गरेको चाहिँ तिब्बती चिया हो।

ती बूढीआमै र उनकी नातिनीले हामीलाई चिया पिउन दिन्थे। उनीहरूकै भाँडोमा बनाएरै दिन्थे। त्यसमा घिउ, नुन र चिनी मिसाएको हुन्थ्यो। त्यस्तो चिया मैले त्यसअघि खाएको थिइनँ। सुरुमा त मिठो भएन। पछि बानी परिएको थियो।

(कुराकानीमा आधारित)

प्रकाशित मिति: शनिबार, मंसिर १८, २०७८  १५:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भोटेकोशी बाढीमा १ हजार ३८४ जनाको शव फेला, ४ हजार ८९ जना अझै बेपत्ता
एनभीएलको फाइनलमा अन्नपूर्ण र कर्णाली भिड्दै
गुल्शनले ओडीआईमा पुर्‍याए एक हजार रन
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
भोटेकोशी बाढीमा १ हजार ३८४ जनाको शव फेला, ४ हजार ८९ जना अझै बेपत्ता शनिबार, भदौ २७, २०८३
एनभीएलको फाइनलमा अन्नपूर्ण र कर्णाली भिड्दै शनिबार, भदौ २७, २०८३
गुल्शनले ओडीआईमा पुर्‍याए एक हजार रन शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्री राहत कोष साढे १३ अर्ब मौज्दात, एक अर्ब निकासा शनिबार, भदौ २७, २०८३
‘एलपी ग्यास एक दिनमै सहज हुँदैन’ शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार शुक्रबार, भदौ २६, २०८३
ब्याङ्क्वेट सञ्चालकको ६० वटा ग्यास सिलिन्डर जफत, सर्वसाधारणलाई बाँडियो शुक्रबार, भदौ २६, २०८३
उपाधि जित्न नेपालले यूएईलाई दियो विशाल लक्ष्य शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्