काठमाडौं- कोकाकोलाले कोभिड महामारीको समयमा फ्रन्टलाइनमा रहेर काम गर्ने सम्पूर्ण कर्मचारीहरुप्रति समर्पित 'अनग्राउण्ड एक्टिभेसन' सम्पन्न गरेको छ।
आफ्नो नजिकको मान्छेहरु र विशेषगरी महामारीको समयमा अनवरत सेवामा खटिने कर्मचारीहरुप्रति कृतज्ञता ज्ञापन गर्ने मुख्य उद्देश्यका साथ सञ्चालन गरिएको उक्त एक्टिभेसन कार्यक्रम कोकाकोलाको सन् २०२१ को दसैं अभियानअन्तर्गत धन्यवाद शीर्षकको एक हिस्सा थियो।
उक्त अनग्राउण्ड एक्टिभेसन कार्यक्रमको क्रममा कोकाकोलाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान), स्टार अस्पताल (काठमाडौं) र ह्याम्स अस्पताल (काठमाडौं) लगायत नेपालका प्रमुख पाँच कोभिड अस्पतालहरुसँग आबद्ध भएको थियो। यसैगरी एम्बुलेन्स सेवा प्रदायक 'नेपाल एम्बुलेन्स सेवा', 'वुमन फर ह्युमन राइट्स' र क्रियसन इनको सञ्जालअन्तर्गत फोहोर व्यवस्थापनमा संलग्न कामदारहरु लगायत महामारीको समयमा उल्लेखनीय योगदान पुर्याउने अन्य १३ गैरसरकारी संस्थाहरुसँग पनि कोकाकोलाले सहकार्य गरेको थियो।
यो अभियानको क्रममा कोकाकोलाले अग्रपङ्क्तिमा रहेर काम गर्ने सेवा प्रदायकहरुलाई उपहारको रुपमा उनीहरुको नाम छापिएको कोक बोतल र कोकाकोला कन्टोर ग्लास भएको पर्सनलाइज्ड धन्यवाद गिफ्ट बक्स प्रदान गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।