काठमडौं– न्यूजिल्याण्ड विश्वको नम्बर एक टेस्ट टोली हो र विश्व टेस्ट च्याम्पियन पनि। तर, २०१९–२० मा अस्ट्रेलियासँग पराजित भएपछि यो सिरिज उनीहरुका लागि कठिन चुनौती हुनेछ। न्यूजिल्याण्डले सन् १९८८ देखि भारतमा कुनै पनि टेस्ट जितेको छैन र अघिल्लो भ्रमणमा ०-३ ले पराजित भएको थियो। न्यूजिल्याण्ड टोलीका धेरै खेलाडी चोटग्रस्त छन् भने धेरै खेलाडी थकानका कारण यो भ्रमणमा छैनन्।
ओपनर
टम लेथमले निश्चित रूपमा न्यूजिल्याण्डको टोलीबाट ओपनिङ गर्नेछन्। तर, उनले डेभन कोनवेलाई मिस गर्नेछन्, जसले इंग्ल्याण्डमा शानदार डेब्यु गरेका थिए। उनी सम्भावना बोकेका खेलाडी हुन्। यद्यपि, न्यूजिल्याण्डसँग टम ब्लन्डेल र विल यंग जस्ता खेलाडीहरू छन्, जसले उनको स्थान लिन सक्छन्।
यंगले आफ्नो अधिकांश प्रथम श्रेणी क्रिकेटमा चौथो नम्बरमा ब्याटिङ गरेका छन्। ब्लन्डेलले घरेलु क्रिकेटमा पाँचौं र छैटौं नम्बरमा ब्याटिङ गर्छन्। तर, टेस्टमा आफ्नो १७ इनिङ्समध्ये १२ ओपनिङ गरेका छन्।
तीन स्पिनर कि दुई?
एजाज पटेल र विल सोमरभिल न्यूजिल्याण्डको पहिलो दुई मुख्य स्पिनर हुन्। तर, टोलीमा मिचेल सेन्टनर पनि भित्रिन सक्ने सम्भावना छ। यदि स्यान्टनर खेल्छन् भने, उनले अलराउन्डरको भूमिका खेल्ने छन्।
र, न्यूजिल्याण्ड टोलीले काइल जेम्सन वा टिम साउथी र निल वाग्नरलाई फास्ट बलरको स्थानमा लिन सक्छ। यता, टिम व्यवस्थापनका अनुसार ड्यारिल मिचेल वा हेनरी निकोलसले यो सिरिज गुमाउने सम्भावना छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।