काठमाडौं– नेपाली कांग्रेस चितवनको तीनै क्षेत्रको सभापति चयनमा संस्थापनइतर बलियो देखिएको छ।
संस्थापनइतरले दुई क्षेत्रका सभापतिमा जित निकालेको छ। क्षेत्र २ र ३ मा संस्थापनइतर पक्षका सभापति चयन भएका हुन्। सभापति शेरबहादुर देउवा पक्षले चितवन १ को सभापति जितेको छ।
चितवन १ मा संस्थापन पक्षका किरणभूषण ओली सभापति निर्वाचित भएका छन्। विजयी ओलीले ४९१ मत प्राप्त गरे। संस्थापन इतर सभापतिका उम्मेदवार इन्द्रकमल बुढाथोकीले ४२३ मत ल्याए।
चितवन २ मा संस्थापन इतरका भरत लामिछानेले जित निकाले। लामिछानेले ५३० मत प्राप्त गर्दा संस्थापन पक्षका लक्ष्मण गुरुङले ४४५ मत ल्याए।
चितवन ३ मा पनि संस्थापन इतरकै सभापति चुनिएका छन्। लालबहादुर दवाडी उक्त क्षेत्रबाट विजयी भएका छन्। दवाडीले सभापतिका प्रतिस्पर्धी दामोदर न्यौपानेलाई पराजित गरेका हुन्।
चितवन ३ मा पाँच जना सभापतिमा भिड्दा दवाडीसँग निकटम प्रतिस्पर्धा न्यौपोन भएका थिए। यस क्षेत्रमा देवेन्द्र प्रकाश क्षेत्री, अमृतबहादुर बानियाँ र जगन्नाथ कँडेल पनि सभापतिका प्रत्यासी थिए।
चितवनमा संस्थापनइतरकै बढी महाधिवेशन प्रतिनिधि चयन भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।