काठमाडौं– नेपाली कांग्रेस काठमाडौं निर्वाचन क्षेत्र नं ३ को क्षेत्रीय सभापतिमा सन्तोष चालिसे निर्वाचित भएका छन्। मंगलबार भएको मतदानको परिणाम आज सार्वजनिक भएको हो। गोकर्णेश्वर नगरपालिकाका प्रमुख पौडेलपक्षका हुन्। चालिसे २०५ मत प्राप्त गर्दा अर्का प्रत्यासी काठमाडौं महानगरपालिका–६ का अध्यक्ष दीपेन्द्रकुमार लामाले १५९ मत प्राप्त गरे।
काठमाडौं ३ को सचिवमा दीपक रिसाल र भुवन लामा तथा सहसचिवमा अमृत खड्का र सृदीप पण्डित क्षेत्री विजयी भएका छन्। उनीहरु सबै चालिसे समूहकै हुन्।
यसैगरी महाधिवेशन प्रतिनिधि खुलातर्फ कुमारराज सुवेदी, कृष्णजी खड्का, छिरिङदोर्जे लामा, जगन्नाथ धिमाल, डोजाङ शेर्पा, दुर्गा बराल, नारायणबहादुर सुवेदी, परशुराम पोखरेल, रमेश अर्याल र हरिबोल भण्डारी निर्वाचित भएका छन्।
महाधिवेशन प्रतिनिधि महिला खुलातर्फ कमला नेपाली, गीता सिम्खडा, विष्णुदेवी पुडासैनी र शान्ति नेपाल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।
यस्तै खसआर्यतर्फ महाधिवेशन प्रतिनिधिमा जयराज भण्डारी र रामराज थापा, खसआर्य महिला महाधिवेशन प्रतिनिधिमा रेखा अर्याल र लेखकुमारी पुडासैनी, जनजाति महाधिवेशन प्रतिनिधमा डम्बरबहादुर तामाङ, देवसुन्दर बज्राचार्य र लालबहादुर लामा, जनजाति महिलातर्फ झुमा लामा र सत्यभामा श्रेष्ठ विजयी भएका छन्।
दलिततर्फ महाधिवेशन प्रतिनिधिमा विक्रम सुनार र अपांग एवं अल्पसंख्यकतर्फ महाधिवेशन प्रतिनिधिमा अनिलध्वज कार्की निर्वाचित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।