काठमाडौं- तनहुँ क्षेत्र नम्बर १ को नेपाली कांग्रेस सभापतिमा श्याम मौरती विजयी भएका छन्। मौरतीले संस्थापनपक्षका विश्व बाँस्तोलालाई हराएका हुन्।
विजयी मौरतीले ४८५ मत प्राप्त गर्दा संस्थापनपक्षबाट सभापतिका उम्मेदवार बाँस्तोलाले ४०२ मत ल्याए। तनहुँ १ मा मौरतीको प्यानल नै विजयी भएको छ।
तनहुँ २ बाट महाधिवेशन प्रतिनिधिमा जीत प्रकाश आले सर्वाधिक मतसहित विजयी भएका छन्। आले संस्थापन पक्षबाट तनहुँको जिल्ला सभापतिमा उठ्ने चर्चा छ।
सोही क्षेत्रबाट आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्ले पनि केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चयन भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।