काठमाडौं– कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलकी छोरी संज्ञा पौडेल पोखरेल महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छन्।
कास्की निर्वाचन क्षेत्र नं १ बाट ३९५ मतसहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी पोखरले पौडेलकी माइली छोरी हुन्।
यसअघि १३औं महाधिवेशनमा पनि प्रतिनिधिमा प्रतिस्पर्धा गरेकी उनी सो समयमा भने पराजित भएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।