काठमाडौं– नेपाली कांग्रेस प्युठान जिल्ला सभापतिमा विष्णुकुमार गिरी निर्वाचित भएका छन्। संस्थापन इतरबाट उम्मेद्वार बनेका उनले देउवा पक्षका शिव रिजाललाई पराजित गरेका थिए।
सभापतिमा नर्वाचित गिरी गौमुखी गाउँ पालिकाका अध्यक्ष पनि हुन्।
यसअघि गिरीको पक्षमा नतिजा आउन लागेपछि रिजालपक्ष आक्रमणमा उत्रेको थियो। जिल्ला अधिवेशनको मतगणना स्थलमा मंगलबार राति गोलीसमेत चलेको थियो।
मङ्गलबार राति मतगणना स्थल स्वर्गद्वारी क्याम्पसमा कांग्रेस कार्यकर्ता र नेपाल प्रहरीबीच झडप भएको थियो। प्रदर्शनले उग्र रुप लिएको भन्दै स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले सात सेल अश्रुग्याससमेत प्रहार गरेको थियो। झडपका क्रममा एक जना प्रहरीसहित नौ जना घाइते भएका थिए।
देउवा र पौडेल–सिटौला पक्षले प्यानल बनाएरै भएको निर्वाचनपछि मतगणनास्थलमा आक्रमण भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।