complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

ओलीले जब ‘माधव नेपालविनाको महाधिवेशन खल्लो हुने!’ प्रसङ्‍ग अन्तै मोडे

64x64
नेपाल लाइभ मंगलबार, मंसिर ७, २०७८  २०:५७
1140x725

काठमाडौं- तीन दिनपछि चितवनमा सुरु हुन लागेको १०औं राष्ट्रिय महाधिवेशनको चटारोमा रहेको नेकपा (एमाले)का लगभग सबैजसो नेता अहिलेसम्म काठमाडौंमै छन्। यसपालि ‘एकता महाधिवेशन’को सन्देश दिन सकेसम्म सहमतिमै नेतृत्व (अध्यक्षसहितका पदाधिकारी) चयन गर्ने जोडबल भइरहेकाले त्यो ‘सहमतिको खाका’भित्र पर्न हरेकले लागे-पुगेसम्मको प्रयत्न गरिरहेका छन्। 

पछिल्ला दुई दिनयता यसकै निम्ति छलफल तीव्र पारेका एमाले अध्यक्ष केपी शर्मा ओलीले मङ्‍गलबार दिउँसो मूलधारका सञ्चारमाध्यमका सम्पादकहरुलाई अन्तरक्रियाका लागि बोलाए।

चितवन झर्नुअघि एमालेले मङ्‍गलबारका लागि स्थायी कमिटी बैठक डाकेको थियो। बीचमा बैठक स्थगन गरेर सम्पादकहरुसँग अन्तरक्रिया गर्न आएका ओली अन्तरक्रिया सकेर फेरि बैठकमै फर्के। अन्तरक्रियामा ओलीलाई सोधिएको एउटा प्रश्न थियो- ‘सबै पार्टीका नेतालाई महाधिवेशन उद्घाटन समारोहामा निम्तो गर्दा माधव नेपाललाई बोलाउनुभएन, किन?’

तत्कालीन नेकपा हुँदै सुरु भएको र सर्वोच्च अदालतको फैसलाबाट एमाले ब्युँतिएपछि चुलिएको अन्तरसंघर्ष उत्कर्षमा पुगेर एमाले विभाजन भएपछि माधवकुमार नेपाल, झलनाथ खनाललगायत नेताहरुले अलग्गै पार्टी गठन गरेका छन्। नेपालको नेतृत्वमा गठन भएको नेकपा (एकीकृत समाजवादी)लाई एमालेले ‘अवैध’ करार गर्दै आएको छ। ओलीले मङ्‍गलबार यो प्रश्नको जवाफ दिनेक्रममा त्यही कुरा दोहोर्‍याए। उनले भने, ‘त्यो पार्टी नै अवैध हो, हामीले त्यसलाई वैध मानेकै छैनौं। हामीले पार्टीबाहेक अरु व्यक्ति बोलाएकै छैनौं। व्यक्तिलाई बोलाएको भनेको पत्रकार कलाकारहरुलाई मात्र हो, तपाईंहरु आउनुस्, निम्तो छ है!’

अन्तरक्रियामा ओलीलाई यसैसँग जोडिएको अर्को प्रश्न पनि सोधिएको थियो- ‘माधव नेपालविनाको महाधिवेशन गर्दै हुनुहुन्छ, केही खल्लो लागेको छैन?’

ओलीले यो प्रश्नको उत्तर दिन भने ‘अनिच्छा’ प्रकट गरे। प्रश्नकर्ताले फेरि दोहोर्याएर सोधेपछि उनले भने, ‘केही कुरा मैले अघि नै भनिसकेँ, मलाई यो प्रश्नमा योभन्दा धेरै भनिरहनुपर्छ जस्तो लाग्दैन।’

हुन पनि एमालेले पहिलोपटक यस्तो महाधिवेशन गर्दै छ, जहाँ माधवकुमार नेपाल हुने छैनन्। तत्कालीन माले र मार्क्सवादीको एकीकरणबाट एमाले गठन भएयता एमालेले पाँचवटा महाधिवेशन गर्‍यो। ती पाँचवटै महाधिवेशनमा नेपाल निर्णायक भूमिकामा थिए। पाँचौं महाधिवेशनमा उनी अध्यक्ष मण्डलको अध्यक्ष थिए। लगत्तै पार्टी महासचिव मदन भण्डारीको दासढुंगा घटनामा निधन भएपछि महासचिवको जिम्मेवारी सम्हालेका नेपाल छैटौं महाधिवेशनबाट एमालेको प्रमुख कार्यकारी पद महासचिवमा निर्वाचित भए। सातौं महाधिवेशनबाट पनि उनी महासचिवमै निर्वाचित भए। आठौं महाधिवेशनमा निर्णायक ‘पोजिसन’मा रहे पनि नेतृत्वको दौडबाट बाहिर परेका उनी नवौं महाधिवेशनमा एमाले अध्यक्षको प्रत्यासी बने र थोरै मतान्तरले ओलीलाई नेतृत्व सुम्पिए।

Ncell 2
Ncell 2
nimb
nimb

नवौं महाधिवेशनदेखि नै ओली-नेपाल सम्बन्धमा दरार आउन थालेको थियो जसले नेपाललाई आफ्नो राजनीतिक जीवनकै उत्तरार्द्धमा आएर एमालेबाट अलग हुने बाटोमा पुर्‍यायो। अनि एमालेलाई माधव नेपालविनाको महाधिवेशन गर्ने अवस्थामा। अहिले एमाले पंक्तिमा पनि यो प्रश्न जबर्जस्त छ- पहिलोपटक माधव नेपालविना हुने एमालेको महाधिवेशन कस्तो होला? केही दिनअघि नेपाल लाइभसँगको अन्तर्वार्तामा यही प्रश्नको उत्तर दिनेक्रममा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले भनेकी थिइन्, ‘वास्तवमा हामीले भन्दा पनि यो विषय उहाँहरुले सोच्नुपर्ने थियो। लामो समयदेखि ठक्कर र हण्डर खाँदै, माले हुँदै एमालेको अवस्थामा आइपुग्नुभएको हो। उहाँहरुले यो पार्टी बनाउन ठूलो दुःख गर्नुभएको छ, त्याग गर्नुभएको छ। अहिले फुट्ने बेला त थिएन नि।’

नवौं महाधिवेशनभन्दा अगाडि एमालेमा ओली र नेपालको अलग्गै गुट थिएन। त्यो संयुक्त गुट थियो जो माधव-केपी गुट भनेर चिनिन्थ्यो। अहिले ओली-नेपाल सम्बन्ध जति तिक्ततापूर्ण बनेको छ, कुनैबेला यो ठाउँमा भावनात्मक जस्तै सम्बन्ध थियो। सम्भवतः त्यहीकारण पनि १०औं महाधिवेशनको मुखैमा उनले ‘माधव नेपालविनाको महाधिवेशन खल्लो हुने’ प्रश्नमा प्रवेश गर्न चाहेनन्।

‘ल्याङ्ल्याङ अब सकियो’
तर, अर्को फरक प्रसङ्‍गमा भने ओलीले आफ्नै पार्टीका पूर्वनेता नेपालको नाम नलिएरै उनको आलोचना गरे र आफूले नेपालका गतिविधि र व्यवहारबाट छुट्कारा पाएको टिप्पणी गरे। 
‘तपाईंहरुलाई थाहा छ होला, हाम्रो पार्टीमा एकताका ल्याङ्ल्याङ् भन्ने शब्द खुबै प्रचलित थियो,’ ओलीले सम्पादकहरुमाझ भने, ‘अब त्यो ल्याङ्ल्याङ् सकिएको छ।’

ओलीको सन्देश : सहमति होइन, निर्वाचित हुने तयारी गर्नू
एमालेको अबको नेतृत्व (अध्यक्ष)मा ‘निर्विकल्प’ व्यक्तिका रुपमा उभ्याइएका ओलीले मङ्‍गलबार सम्पादकहरुसँगको अन्तरक्रियामार्फत् पार्टी पंक्तिका लागि केही अर्थपूर्ण सन्देशसमेत प्रवाह गरेका छन्। सकेसम्म सर्वसम्मत रुपमा नेतृत्व चयनमा जोडबल गरिरहेको एमालेमा ओलीको जोडचाहिँ सर्वसम्मत गराउनेमा होला कि प्रतिस्पर्धा भन्ने प्रश्नमा उनले ‘कसैलाई पनि अवसरबाट वञ्चित नगरिने’ बताए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘अहिलेको व्यवस्थापन भनेको चुनाव लडेर जित्ने। जुन पदमा भोट ल्याएर जित्छ, त्यही हो व्यवस्थापन। भोट ल्याएर जितेन भने नो व्यवस्थापन,’ उनले भने, ‘यसको पक्षबाट यति जना भनेर सचिवालय बन्दैन। स्थायी कमिटी र केन्द्रीय कमिटी पनि बन्दैन। यसको पक्षबाट यति जना र उसको पक्षबाट यति जना भयो भने सधैं पक्ष भइरहने भयो नि त। पार्टी त कहिले पनि एकजुट नहुने भयो। कार्यकर्ता र जनताको चाहना त्यो होइन।’

ओलीले आफूले सहमतिका लागि आग्रह गर्दा पनि दबाब दिएको अर्थ लाग्ने भएकाले आग्रह पनि नगर्ने प्रस्ट पारे।

प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८  २०:५७
  • #एमाले_दशौं_राष्ट्रिय_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पश्चिम नेपालमा वर्षा र चट्याङको सम्भावना, सतर्क रहन आग्रह
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
पश्चिम नेपालमा वर्षा र चट्याङको सम्भावना, सतर्क रहन आग्रह बिहीबार, असोज २९, २०८३
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका बिहीबार, असोज २९, २०८३
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो बिहीबार, असोज २९, २०८३
दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली बिहीबार, असोज २९, २०८३
विपद्पछिको पुनरुत्थानमा सहयोग गर्न एडीबीलाई अर्थमन्त्री वाग्लेको आग्रह बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्