काठमाडौं- नेपाली कांग्रेसका नेता कार्यकर्ताले सहमहामन्त्री प्रकाशशरण महतविरुद्ध नाराबाजी गरेका छन्।
मंसिर १ गतेदेखि केन्द्रीय कार्यालय सानेपामा अनसन बसेका कांग्रेस डडेलधुराका नेता कार्यकर्ताले मंगलबार महतविरुद्ध नाराबाजी गरेका हुन्।
सानेपा पुगेका महतलाई डडेलधुराको विवाद र 'अवैधानिक' वडा अधिवेशनको तस्बिर, भिडियो हेर्न गरेको अनुरोध इन्कार गरेपछि कार्यकर्ताले विरुद्धमा चर्को नाराबी गरे।
वडा अधिवेशन पुन: गराउन माग गर्दै उनीहरू विगत सात दिनदेखि सानेपामा अनसनमा छन्। । जिल्ला सभापति कर्णबहादुर मल्लसहितको टोली अनसनमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।