काठमाडौं- नेपाली कांग्रेस पाँचथरको सभापतिमा रूपनारायण जबेगु निर्वाचित भएका छन्।
मंगलबार भएको निर्वाचनमा सुरेन्द्रकुमार दाहाललाई पराजित गरी जबेगु निर्वाचित भएका हुन्। उनले ६३४ मत प्राप्त गर्दा प्रतिद्वन्दी दाहालले ४१६ मत मात्र पाए। निर्वाचनमा कूल १०७७ मत खसेको थियो।
विजयी जबेगु वर्तमान कार्य समितिमा सचिव थिए।
दाहाल यसअघि पनि सभापतिका लागि प्रतिस्पर्धा गरेका थिए। विजयी र पराजित दाहाल दुवै संस्थापनइतर हुन्।
यसैगरी, उपसभापतिमा बृजहाङ आङ्देम्बे र डिकेन्द्र चेम्जोङ, सचिवमा डेकेन्द्रकुमार तामाङ र दीपक नेपाल, सहसचिवमा सन्तोष श्रेष्ठ
र गजेन्द्र राई निर्वाचित भएका छन्।
प्रदेश सभा क्षेत्र 'क' सभापतिमा भगिश्वर योङहाङ र क्षेत्र 'ख' सभापतिमा मैया श्रेष्ठ लावती निर्वाचित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।