काठमाडौं– नेकपा एमालेले आसन्न महाधिवेशनका लागि १०३ जना प्रतिनिधि मनोनीत गरेको छ।
मंगलबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको स्थायी कमिटी बैठकले १०३ जना प्रतिनिधि मनोनीत गर्ने निर्णय गरेको हो।
यससँगै एमाले महाधिवेशन प्रतिनिधिको संख्या २ हजार २९७ पुगेको छ।
एमालेको १०औं राष्ट्रिय महाधिवेशन यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।