कैलाली- नेपाली कांग्रेस १४औं महाधिवेशन प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ४ कैलालीको सभापतिमा वसन्त रोकाया 'ललित' निर्वाचित भएका छन्। उनले सभापतिका अर्का उम्मेदवार दिनेशराज जोशीलाई ४८ मतान्तरले हराएका छन्।
रोकाया अत्तरिया उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष हुन् भने जोशी वर्तमान सभापति हुन्।
कूल ५४६ मतमा सभापतिमा रोकायाले २७९ मत ल्याएर विजयी भएका हुन्। जोशीले २३१ मत पाएका छन्। समितिको पदाधिकारीमा सबै रोकाया प्यानलकै उम्मेदवारहरु विजयी भएका छन्।
क्षेत्रीय सचिवमा रोकाया प्यानलकै जयराज फुलारा २७२ मत र विष्णुप्रसाद भाट २८४ मत ल्याएर निर्वाचित भएका छन्।
यस्तै सहसचिवमा पनि रोकाया प्यानलका करुणाकर भट्ट २६२ र राम दुलारी चौधरी २७४ मतका साथ विजयी भएका छन्।
सदस्यहरुमा पनि रोकाया प्यानलकै उम्मेदवार निर्वाचित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।