फाइल तस्बिर।
काठमाडौं- नेकपा एमालेले महाधिवेशनको बन्द सत्र सञ्चालनका लागि अध्यक्ष मण्डल र माइन्युट कमिटी गठन गरेको छ।
मंगलबार बसेको स्थायी कमिटी बैठकले गठन गरेको अध्यक्ष मण्डलमा केपी शर्मा ओली, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीमबहादुर रावल, ईश्वर पोखरेल, सुवास नेम्वाङ, रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालबाबु पण्डित र गोमा देवकोटा छन्।
त्यस्तै, माइन्युट कमिटीमा पृथ्वीसुब्बा गुरुङ, सूर्य थापा, विष्णु रिजाल, मनोज थापा, ठाकुर गैरे, गोविन्द नेपाली र ज्वाला कुमारी साह छन्।
एमाले महाधिवेशन यही मंसिर १० देखि १२ सम्म चितवनमा आयोजना हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।