काठमाडौं- नेपाली कांग्रेसको कास्की-३ सभापतिमा मनोज गुरुङ निर्वाचित भएका छन्।
गुरुङले ३८३ मत प्राप्त गरी प्रतिस्पर्धी खिमलाल बाँस्तोलालाई हराएका हुन्। बाँस्तोलाले ३१७ मत प्राप्त गरेका छन्। सभापतिमा विजयी गुरुङ तरुण दलका जिल्ला नेता हुन्।
उक्त निर्वाचन क्षेत्रको अधिवेशनबाट सचिवमा लेखबहादुर तामाङले ३४३ र लक्ष्मीप्रसाद पौडेलले ३२७ मत प्राप्त गरी जित निकाले।
सहसचिवमा शीतल अधिकारीले ३६५ र आइन्दल गुरुङले ३३४ मत ल्याए।
यसअघि सार्वजनिक भएको कास्की १ र २ मा क्रमशः राजेन्द्रमणि लामिछाने र केशरप्रसाद निर्दोषी विजयी भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।