काठमाडौं– गायन रियालिटी शो ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ इमेज एचडी टेलिभिजनबाट प्रसारण हुने भएको छ।
भ्वाइस स्टार नेपाल प्रालिले निर्माण गर्न लागेको रियालिटी शो इमेज टेलिभिजनबाट प्रसारण हुन लागेको हो। सोमबार कार्यक्रमको निर्माण पक्ष र इमेज टेलिभिजनबीच कार्यक्रमको प्रसारणलाई लिएर सम्झौता भएको छ।
रवि श्रेष्ठले निर्देशन गर्ने रियालिटी शोमा सांगीतिक क्षेत्रमा संघर्ष गरिरहेका प्रतिभालाई स्थान दिने बताइएको छ। पहिलो चरणमा डिजिटल अडिसनबाट प्रतिस्पर्धीलाई छान्ने र त्यसपछि कार्यक्रममा प्रत्यक्ष रुपमा अडिसन हुने कार्यक्रमको निर्माण पक्षले बताएको छ। श्रेष्ठकाअनुसार पुसको पहिलो साताबाट कार्यक्रममा सहभागी छान्नका डिजिटल रुपमा अडिसन हुनेछ।
२५ लाख पुरस्कार राखिएको यो कार्यक्रम २५ भागसम्म चल्नेछ। दर्शकको भोटका आधारमा विजेतालाई छानिने निर्माण पक्षले जनाएको छ। कार्यक्रमका लागि निर्णायकहरुको छनोट भइसकेपछि निर्माण पक्षले ‘गेस द जजेज’ प्रतियोगिता राखेर निर्णायकहरुको सही अनुमान गर्नेलाई उचित पुरस्कार दिइने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।