काठमाडौं- काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ को नेपाली कांग्रेस सभापतिमा श्यामकृष्ण संगत निर्वाचित भएका छन्।
उनी सर्वसम्मत रुपमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का सभापति चयन भएका हुन्। उनी नेता गगन थापा निकट हुन्।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा श्याम खड्का क्षेत्रीय सभापति निर्वाचित भएका छन्। उनी संस्थापनइतरका हुन्। त्यस्तै काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ मा राजेश श्रेष्ठ सभापति निर्वाचित भएका छन् उनी नेता प्रकाशमान सिंह निकट हुन्।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा मुकुन्द रिजाल विजयी भएका छन्। रिजाल पनि संस्थापनइतरका हुन्।
काठमाडौंको क्षेत्र नम्बर १, ३, ६, ९ र १० मा मतदान जारी छ। भने काठमाडौं क्षेत्र नम्बर २ मा रोकिएको मतगणना पुन: सुरु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।