काठमाडौं– बाँकेका तीन क्षेत्रमा कांग्रेस सभापतिका लागि बुधबार मतदान हुने भएको छ।
बाँके १ मा पूर्वपत्रकार पोषण केसीले सभापतिको उम्मेदवारी दिने भएका छन्। उनीसँग संस्थापन पक्षका माधवराम खत्रीले प्रतिस्पर्धा गर्ने भएका छन्। खत्री सोही पदमा तेस्रोपटक उठ्न लागेका हुन्। केसीले संस्थापनइतरबाट प्रतिस्पर्धा गर्न लागेका हुन्।
बाँके २ मा संस्थापनइतर कमजोर रहेकै कारण सभापति शेरबहादुर देउवा पक्षका दुई उम्मेदवार एक आपसमा भिड्ने भएका छन्। रमेशकुमार गुप्ता र वीरेन्द्र शाहले बाँके २ को सभापतिका लागि उम्मेदवारी दिएका छन्। गुप्ताले सोही पदमा दोहोरिने गरी उम्मेदवारीको घोषणा गरेका छन्। शाह तरुण दल बाँकेका अध्यक्ष हुन्।
बाँके ३ मा संस्थापन पक्षका नक्की खाँ सर्वसहमतिमा चयन हुने सम्भावना छ। उक्त क्षेत्रमा उनको मात्रै मनोनयन पर्ने बताइएको छ। खाँ हाल पनि क्षेत्रीय सभापति नै छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।