काठमाडौं– संस्थापन पक्षका केन्द्रीय नेताहरूको लडाइँ कांग्रेसको जिल्ला अधिवेशनमा देखिएको छ।
संस्थापन पक्ष बलियो रहेको कञ्चनपुरमा सोही समूहका दुई केन्द्रीय नेताहरू प्यानल बनाइ भिडेका छन्। परिणातः संस्थापन पक्षले संस्थापनलाई नै हराएको छ।
कञ्चनपुरको २ मा नेता रमेश लेखक पक्षलाई अर्का नेता एनपी साउदको प्यानलले हराएको छ। कञ्चनपुर २ मा साउद पक्षबाट सभापतिमा भिडेका लालबहादुर सिंह विजयी भएका छन्। सिंहले खसेको ५०४ मतमा ३४१ प्राप्त गरे। लेखकले प्रतिस्पर्धामा उतारेका नवराज जोशीले १५७ मत ल्याएका छन्।
सचिवमा पनि साउद पक्षकै विजयी भएका छन्। सचिवद्वयमा साउद पक्षका गणेशबहादुर सिंह ३५० र थानेश्वरप्रसाद भट्ट ३३१ मतसहित विजयी भए।
लेखक पक्षबाट सचिवमा प्रतिस्पर्धा गरि पराजित घनश्याम जोशीले १३० र नारायण बोहराले १३१ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।