काठमाडौं– नेकपा एमालेको जारी स्थायी कमिटी बैठकमा ५ अजेण्डामा छलफल हुने जनाइएको छ।
१०औं राष्ट्रिय महाधिवेशन प्रतिनिधिहरु चयनसहित विभिन्न ५ अजेण्डामा छलफल चलिरहेको नेकपा एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
मंगलबार जारी स्थायी कमिटी बैठकमा मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने १०औं राष्ट्रिय महाधिवेशनको व्यवस्थापनका बारे, उद्घाटन र बन्दशत्रका कार्यक्रमबारे, प्रतिनिधि छनोटको अवस्था, महाधिवेशन प्रतिनिधि मनोनयन र निर्वाचन आयोगको कामबारे छलफल भइरहेको तामाङले जानकारी दिए।
यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा झण्डै २ हजार प्रतिनिधि सहभागी हुनेछन्। १ हजार ९०० को हाराहारीमा प्रतिनिधिहरु निर्वाचित भएर आएका जनाइएको छ।
५ प्रतिशत महाधिवेशन प्रतिनिधि चयन गर्ने विषयमा स्थायी कमिटी बैठकले मापदण्ड बनाएर केन्द्रीय कमिटीमा पेस गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।