काठमाडौं–नेपाली कांग्रेस संस्थापन र इतरपक्षबाट विजयी हुने सभापतिको संख्या बराबरी देखिएको छ।
सोमबारसम्म अधिवेशन भएका १७ जिल्लाको सार्वजनिक मत परिणाम अनुसार दुबै पक्षबाट ८/८ सभापतिले जितेका छन्। जाजरकोटमा सभापतिले आफ्नो पक्ष खुलाउन चाहेका छैनन्। मनाङ, मुस्ताङ, गोरखा, म्याग्दी, पूर्वी रुकुम, जाजरकोट लगायतमा सर्वसहमतिमा जिल्लाको मूल नेतृत्व चयन भएको थियो।
हालसम्म मनाङ, मुस्ताङ, गोरखा, ताप्लेजुङ, मुगु, संखुवासभा, रामेछाप, दोलखा, कालीकोट, हुम्ला, रुकुमपूर्व, बाजुरा, बझाङ, जाजरकोट, डडेलधुरा, म्याग्दी,भोजपुर जिल्लाको मत परिणाम प्रकाशित भएको छ। पाँचथरको नजिता पनि केही बेरमा सार्वजनिक हुने भएको छ।
देउवा पक्षका जिल्ला सभापतिः
१.ताप्लेजुङ– गजेन्द्रप्रसाद तुम्याहाङ
२. हुम्ला– मोहनविक्रम सिंह
३. रामेछाप– पूर्णबहादुर तामाङ (कान्छाराम)
४. मुगु– ऐनबहादुर शाही
५. बझाङ– खडक बोहरा
६.मनाङ– शंकर गुरुङ
७.डडेलधुरा –भीमबहादुर साउद
८.म्याग्दी– खमबहादुर गर्बुजा (खम्बिर)
संस्थापनइतरबाट विजयी जिल्ला सभापतिः
१.संखुवासभा– दीपक खड्का
२.कालीकोट– अम्मबहादुर शाही
३.दोलखा– बर्मा लामा
४.मुस्ताङ– रोमी गौचन
५.रुकुम पूर्व– केशरमान रोका
६.भोजपुर–विनोद वान्तवा
७.बाजुरा –रामसिंह रावल
८. गोरखा–नन्दप्रसाद न्यौपाने
पाँचथरको जिल्ला सभापतिमा रुप नारायण जबेगु जित नजिक पुगेका छन्। संस्थापनइतरकै दुई जनाको प्रतिस्पर्धामा जबेगु विजयी नजिक पुगेका छन्।
जाजरकोटमा सर्वसहमतिमा चयन भएका बेदराज सिंहले आफ्नो पक्ष खुलाउन चाहेका छैनन्।
प्रतिनिधिहरु चयन भइसकेपछि मात्रै आफ्नो पक्ष खुलाउने उनले नेपाल लाइभसँग बताए। सभापति निर्वाचित हुनु केही अघिसम्म उनी पौडेल पक्ष निकटका जिल्ला नेताका रुपमा परिचित थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।