काठमाडौं–नेपाली कांग्रेस स्याङ्जाका कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार) महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्।
नेता गोपालमान निकट प्यानलमा रहेका रानालाई जिल्ला नेता राजु थापा प्यानलले हराएको हो। पूर्व जिल्ला सभापति कमल पंगेनीको निधन भएपछि रानाले कार्यवाहक सभापतिको जिम्मेवारी सम्हाल्दै आएका थिए।
राना स्याङ्जा १ को अधिवेशनबाट पराजित भएका हुन्। उक्त क्षेत्रको सभापतिमा तुलसीराम रेग्मी विजयी भएका छन्। उनले गोपालमान पक्षको प्यानलबाट उठेका ओमबहादुर भट्ट क्षेत्रीलाई पराजित गरेका थिए। स्याङ्जा २ मा दिलीपप्रताप खाँण निर्वाचित भएका छन्।
जिल्लामा गोपालमानको प्रभाव वडा तहको अधिवेशन देखिनै घटेको थियो। जिल्ला सभापतिको प्रत्यासी हुने लाइनमा रहेका थापाले जिल्लामा प्रभाव बढाउँदै गएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।