काठमाडौं- स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ को कांग्रेस सभापतिमा दिलिप प्रताप खाँण निर्वाचित भएका छन्।
सोमबार सम्पन्न निर्वाचनमा खाँण ८२३ मत प्राप्त गरि विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी ध्रुव शर्मा पंगेनीले ३६४ मत ल्याए।
वालिङ नगरपालिकाका मेयरसमेत रहेका खाँण संस्थापन निकट हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।