कैलाली– नेपाली कांग्रेस कञ्चनपुरको क्षेत्र नम्बर ३ मा केन्द्रीय सदस्य रमेश लेखक निकट प्यानल नै विजयी भएको छ। सभापतिमा केश बहादुर चन्दसहित लेखक प्यानलका सबै प्रतिस्पर्धीहरु विजयी भएका हुन्।
निर्वाचन क्षेत्र नम्बर ३ मा लेखकको प्यानलसँग नेता एनपी साउदको प्यानल पराजित भएको हो।
कुल ५६२ मत खसकोमा सभापतिमा चन्दले ३३० मत प्राप्त गरे। उनका निकटतम् प्रतिद्वन्द्वी एनपी प्यानलका गणेश नेगीले १९३ मत मात्रै ल्याउन सके भने १२ मत बदर भएको थियो।
त्यस्तै, सचिवमा लेखक प्यानलकै नेता गंगादत्त भट्ट (३०१), उमेश प्रशाद जोशी (३०७), सहसचिव अर्जुनदत्त भट्ट (३४६), खडक बहादुर बस्नेत (३१९) निर्वाचित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।