काठमाडौं– नेपाली कांग्रेस ललितपुर क्षेत्र नम्बर १ को सभापतिमा सुन्दरमान थिङ निर्वाचित भएका छन्।
सोमबार भएको अधिवेशनबाट थिङ ललितपुर क्षेत्र नम्बर ३ को सभापतिमा निर्वाचित भएका हुन्।
थिङले ३५२ मत पाए। उनका प्रतिस्पर्धी रामकृष्ण लामाले २४६ मत प्राप्त गरे।
क्षेत्र नम्बर ३ को सचिवमा मथुरा प्रसाद शर्मा र शेखर न्यौपाने निर्वाचत भएका छन्। शर्माले ४१७ मत र न्यौपानेले ३९० मत प्राप्त गरे।
सचिवका अर्का प्रतिस्पर्धी राजकुमार चौलागाइँले १९९ र कृष्णकुमार थापाले १५९ मत मात्रै ल्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।