काठमाडौँ- नेपाली कांग्रेसको स्याङ्जा-१ को सभापतिमा तुलसीराम रेग्मी निर्वाचित भएका छन्।
सोमबार भएको प्रतिनिधिसभा क्षेत्रको अधिवेशनको मत गणना केही बेरअघि सकिएको थियो। रेग्मीले ६३९ मत ल्याई जीत हासिल गरेका छन्। उनका प्रतिस्पर्धी ओमबहादुर भट्ट क्षेत्रीले ३१४ मत प्राप्त गरे।
सभापतिका अर्का उम्मेदवार दुर्गाप्रसाद पौडेलले २६ मत पाए। १४औं महाधिवेशन अन्तरगत स्याङजा १ मा कुल मतदाता १०२९ रहेकोमा १०१२ मत खसेको थियो।
स्याङ्जामा केन्द्रीय नेता तथा संस्थापन पक्षका गोपालमान श्रेष्ठ र जिल्ला नेता राजु थापा पक्षधर समूह छन्। केन्द्रीय नेता श्रेष्ठ पक्षधर भट्ट क्षेत्री पराजित भएका छन्। विजयी रेग्मी जिल्ला नेता थापा निकट हुन्। थापा मंसिर १० मा हुने जिल्ला सभापतिको उम्मेद्वार छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।