काठमाडौं- प्रदेश २ का भौतिक पूर्वाधार तथा विकासमन्त्री रामसरोज यादवले नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा प्रदेश सभापतिमा उम्मेदवारी दिने भएका छन्।
धनुषाका यादव कांग्रेसबाट प्रदेश २ मा संसदीय दलको नेता समेत छन्।
सभापतिको उम्मेदवारी घोषणा गरेका उपसभापति विमलेन्द्र निधिको प्यानलबाट उनी प्रदेश सभापतिमा उठ्ने भएका हुन्।
प्रादेशिक अधिवेशन मंसिर १६ र १७ का लागि तय गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।