काठमाडौं– नेपाली कांग्रेसका सांसद तथा उद्योगी विनोद चौधरी कांग्रेसको महाधिवेशन प्रतिनिधि चयन भएका छन्।
चौधरी नवलपुरबाट महाधिवेशन प्रतिनिधि चयन भएका हुन्। एक जना मात्रै प्रतिनिधि सर्वसहमतिमा चयन भएको जिल्ला सभापति विष्णु लामिछानेले जानकारी दिए।
उनले भने, ‘उहाँ एक जना मात्रै सर्वसहमतिले महाधिवेशन प्रतिनिधि चयन हुनुभएको हो। अरुको लागि निर्वाचन हुन्छ।’
नवलपुरका दुवै क्षेत्रमा आज (सोमबार) मनोनयन दर्ता भएको छ। प्रतिनिधि सभा क्षेत्रको सभापतिका लागि मंगलबार मतदान हुने भएको छ।
दुई क्षेत्रका लागि चार जनाले सभापतिका लागि उम्मेदवारी दिएका छन्। नवलपुर १ को सभापतिका लागि अमृत भट्टचन र कमल पराजुलीको मनोनयन परेको छ। नवलपुरमा २ जगत कार्की र सूर्य गुरुङले मनोनयन दर्ता गरेको जिल्ला सभापति लामिछानेले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।