काठमाडौं– भोजपुरमा नेपाली कांग्रेसको जिल्ला सभापतिका लागि तीन जनाले प्रतिस्पर्धा गरेका छन्।
सोमबार भइरहेको अधिवेशनमा सभापतिमा नन्दमणि राई, विनोद वान्तवा र बालकृष्ण थापाबीच प्रतिस्पर्धा हुने भएको छ।
राई वर्तमान सभापति समेत हुन्। उनी संस्थापन पक्षका हुन्। संस्थापनइतरले पूर्वसभापति थापालाई उम्मेदवार बनाएको छ। सभापतिमा उम्मेदवार बनेका वान्तवा महासमिति सदस्य हुन्।
कांग्रेस विधान अनुसार कुल खसेको मतको ५१ प्रतिशत मत प्राप्त नभए शीर्ष दुई स्थानमा रहेकाबीच पुनः मतदान गर्नुपर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।