• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ ३, २०८२ Sat, Jan 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

मौद्रिक नीतिको समीक्षा : खारेज होला त सीडी रेसियो र सेयर कर्जाको सीमा?

64x64
सुमित्रा कार्की सोमबार, मंसिर ६, २०७८  १७:५१
1140x725

काठमाडौं- नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको गृहकार्य गरिरहेको छ। नयाँ आर्थिक वर्ष सुरु भएसँगै प्रत्येक तीन-तीन महिनामा मौद्रिक नीतिको समीक्षा गरिँदै आएकोमा यस वर्ष चौथो महिना बितिसक्दासम्म यो काम हुन सकेको छैन।

यस वर्ष मौद्रिक नीति ढिला गरी आएका कारण पहिलो त्रैमासिक समीक्षामा ढिलाइ हुन गएको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन्। केही दिनभित्रमा नै मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्ने तयारी भइरहेको राष्ट्र बैंक स्रोतले बताएको छ।

यता, मौद्रिक नीति समीक्षामा राष्ट्र बैंकले कुन-कुन नीतिलाई सम्बोधन गर्छ भन्ने कुरा अहिले सबैको चासोको विषय बनेको छ। राष्ट्र बैंकले मौद्रिक नीतिबाट लागू गरेका केही सर्कुलरहरू पहिलो त्रैमासिक समीक्षाबाट खारेज हुनुपर्ने माग बैंकर, सेयर बजारका लगानीकर्ता तथा व्यवसायीहरुले राख्दै आएका छन्। 

राष्ट्र बैंकले एकीकृत निर्देशन-२०७५ मा उल्लेख गरिएको व्यवस्थाबमोजिम कर्जा स्रोत परिचालन अनुपात (सीसीडी रेसियो) गणना गर्दै आएको थियो। बैंक तथा वित्तीय संस्थाहरुको कारोबारमा निहित जोखिम न्यूनीकरण गर्ने सम्बन्धमा राष्ट्र बैंकले सीसीडी रेसियो ८० प्रतिशत तोकेको थियो। तर, चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् उक्त निर्देशन परिमार्जन गरेर कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत कायम गरेको छ।

राष्ट्र बैंकले लागू गरेको सीडी रेसियोकै कारण तरलतामा दबाब परेको जानकारहरुले बताउँदै आएका छन्। ‘राष्ट्र बैंकले सीसीडी रेसियो खारेज गरेर सीडी रेसियो लागू गरेपछि एउटा गतिमा चलिरहेका बैंकहरूको अवस्थामा असर गर्‍यो। यसले तरलतामा पनि दबाब पारेको छ,’ नबिल बैंकका डेपुटी सीईओ मनोज ज्ञवालीले भने।

Ncell 2
Ncell 2

यस्तै, राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् सेयर बजारमा कर्जा लिने लगानीकर्ताका लागि पनि लगाम लगाएको छ। मौद्रिक नीतिमा ४/१२ को क्याप (कुनै एक व्यक्ति वा कम्पनीले सेयर धितोमा एउटा बैंकबाट चार करोड रुपैयाँसम्म र सबै बैंक तथा वित्तीय संस्थाबाट समग्रमा १२ करोड रुपैयाँभन्दा धेरै कर्जा लिन नपाउने व्यवस्था) कायम गरिएको छ। उक्त व्यवस्थासँगै सेयर बजारमा धेरै उतार-चढाव आएको लगानीकर्ता तथा नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल बताउँछन्। यसले गर्दा निरन्तर उकालो लागिरहेको सेयर बजारमा ‘ब्रेक’ लागेको उनको बुझाइ छ।

राष्ट्र बैंकको निर्देशनले सेयर बजार तथा तरलता व्यवस्थापनमा समस्या आएका कारण म्रौद्रिक नीतिको पहिलो समीक्षामार्फत् सेयर धितो कर्जाको क्याप खारेज र सीडी रेसियो खारेज गरेर सीसीडी रेसियोलाई नै कायम गर्नुपर्ने आफूहरुको माग रहेको ढकालले बताए। उनले भने, ‘राष्ट्र बैंकसँग बैंकर तथा लगानीकर्ताको माग स्पष्ट छ- सेयर धितो कर्जाको सीमा खारेज गर्ने र सीडी रेसियो खारेज गरेर सीसीडी रेसियो लागू गर्नुपर्ने। राष्ट्र बैंकले म्रौद्रिक नीतिमा यी दुई कुरा सुधार गर्‍यो भने सेयर बजार र अन्य व्यावसायिक क्षेत्रमा पनि राम्रो हुन्छ।’

लगानीकर्ता तथा नेपाल इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियार पनि सेयर धितो कर्जाको सीमा र सीडी रेसियोमा सहज वातावरण बनाउनुपर्नेमा जोड दिन्छन्। ‘अर्थ मन्त्रालय सेयर धितो कर्जाको परिमार्जन गर्न सकारात्मक छ। हामीले पटक-पटक सेयर धितो कर्जा र सीडी रेसियोको बारेमा कुरा उठाएका छौं। यसमा अर्थमन्त्री सकारात्मक हुनुभएको छ,’ उनी भन्छन्, ‘तर, राष्ट्र बैंकले के गर्छ भन्ने कुरा स्पष्ट छैन। राष्ट्र बैंक पनि यसमा सकारात्मक हुन आवश्यक छ।’

नेपाल बैंकर्स संघले पनि मौद्रिक नीतिको समीक्षाका लागि आठ बुँदे सुझाव पेस गरिसकेको छ। संघले राष्ट्र बैंकलाई पछिल्लो समय देखिएको तरलताको चापलाई मध्यनजर गर्दै सीडी रेसियो, सीआरआर (राष्ट्र बैंकमा विनाव्याज राख्नुपर्ने अनिवार्य नगद मौज्दात) लगायतका विषयमा केही लचकता अपनाउन सुझाव दिएको छ। ब्याजदर अन्तर, सेवा शुल्क तथा आधार दरका व्यवस्थाहरू तथा सूत्र/विधि पुनरावलोकन गर्न, निर्देशित क्षेत्रमा लगानी गर्नुपर्ने सीमामा केही लचकता अपनाउन संघले सुझाव दिएको छ। एसएमई बोण्ड, परिवर्तनीय र स्थायी ऋणपत्रजस्ता वित्तीय उपकरणहरु जारी गर्नका लागि उचित व्यवस्था गर्न, पुनर्कर्जामा प्रदान गरिने ब्याजदर अन्तर पुनरावलोकन गर्न, भारतीय बैंकमा रहेको निक्षेपमा ब्याज प्राप्त हुनेगरी लगानी गर्न सकिने व्यवस्था गर्न पनि संघले माग गरेको छ।

यस्तै, डिजिटल बैंकिङलाई प्रोत्साहन गर्न, फिन्टिच कम्पनीलाई सहायक कम्पनीको रुपमा स्थापना गर्नका लागि उचित नीति तयार गर्न र बैंकहरुले वित्तीय साक्षरतालगायत बैंकिङ प्रवर्द्धनका लागि आर्थिक सहयोग प्रदान गरेमा सो खर्च बैंकहरुले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समावेश गराउन पाउने व्यवस्था गर्न संघले राष्ट्र बैंकलाई सुझाव दिइएको छ।

प्रकाशित मिति: सोमबार, मंसिर ६, २०७८  १७:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
पाँच अंकले बढ्यो नेप्से मंगलबार कारोबारमा आएकामध्ये ११८ कम्पनीको सेयर मूल्य बढ्यो भने १३४ कम्पनीको मूल्य घट्यो। ८ कम्पनीको सेयर मूल्य स्थिर रह्यो। सेयर मूल्... मंगलबार, पुस २९, २०८२
बढ्यो सेयर बजार, खुम्चियो कारोबार रकम १२९ कम्पनीको मूल्य बढ्दा ११५ को घट्यो भने १५ को स्थिर रह्यो । सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.३०, विका... बिहीबार, पुस २४, २०८२
सामान्य अंकले बढ्यो नेप्से सोमबारको तुलनामा मंगलबार शून्य दशमलव शून्य तीन प्रतिशतले बढेर नेप्से २५ सय ८२ दशमलव २३ विन्दुमा बन्द भएको छ । मंगलबार, पुस ८, २०८२
ताजा समाचारसबै
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
रेजा पहलवीले गरे इरानमा अमेरिकी हस्तक्षेपका निम्ति आह्वान शनिबार, माघ ३, २०८२
भावी सरकारमा पनि मिडियाकर्मीको प्रतिनिधित्व हुनुपर्छ : सञ्चारमन्त्री शनिबार, माघ ३, २०८२
यी हुन् गगन थापाको सभापतित्वमा बसेको काँग्रेस कार्यसमिति बैठकले गरेका निर्णयहरु शनिबार, माघ ३, २०८२
बर्दिया १ बाट चुनाव लड्ने तयारीमा बामदेव गौतम शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
यी हुन् गगन थापाको सभापतित्वमा बसेको काँग्रेस कार्यसमिति बैठकले गरेका निर्णयहरु शनिबार, माघ ३, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो शुक्रबार, माघ २, २०८२
देउवा पक्षको आक्रोश – निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्