• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

मौद्रिक नीतिको समीक्षा : खारेज होला त सीडी रेसियो र सेयर कर्जाको सीमा?

64x64
सुमित्रा कार्की सोमबार, मंसिर ६, २०७८  १७:५१
1140x725

काठमाडौं- नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको गृहकार्य गरिरहेको छ। नयाँ आर्थिक वर्ष सुरु भएसँगै प्रत्येक तीन-तीन महिनामा मौद्रिक नीतिको समीक्षा गरिँदै आएकोमा यस वर्ष चौथो महिना बितिसक्दासम्म यो काम हुन सकेको छैन।

यस वर्ष मौद्रिक नीति ढिला गरी आएका कारण पहिलो त्रैमासिक समीक्षामा ढिलाइ हुन गएको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन्। केही दिनभित्रमा नै मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्ने तयारी भइरहेको राष्ट्र बैंक स्रोतले बताएको छ।

यता, मौद्रिक नीति समीक्षामा राष्ट्र बैंकले कुन-कुन नीतिलाई सम्बोधन गर्छ भन्ने कुरा अहिले सबैको चासोको विषय बनेको छ। राष्ट्र बैंकले मौद्रिक नीतिबाट लागू गरेका केही सर्कुलरहरू पहिलो त्रैमासिक समीक्षाबाट खारेज हुनुपर्ने माग बैंकर, सेयर बजारका लगानीकर्ता तथा व्यवसायीहरुले राख्दै आएका छन्। 

राष्ट्र बैंकले एकीकृत निर्देशन-२०७५ मा उल्लेख गरिएको व्यवस्थाबमोजिम कर्जा स्रोत परिचालन अनुपात (सीसीडी रेसियो) गणना गर्दै आएको थियो। बैंक तथा वित्तीय संस्थाहरुको कारोबारमा निहित जोखिम न्यूनीकरण गर्ने सम्बन्धमा राष्ट्र बैंकले सीसीडी रेसियो ८० प्रतिशत तोकेको थियो। तर, चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् उक्त निर्देशन परिमार्जन गरेर कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत कायम गरेको छ।

राष्ट्र बैंकले लागू गरेको सीडी रेसियोकै कारण तरलतामा दबाब परेको जानकारहरुले बताउँदै आएका छन्। ‘राष्ट्र बैंकले सीसीडी रेसियो खारेज गरेर सीडी रेसियो लागू गरेपछि एउटा गतिमा चलिरहेका बैंकहरूको अवस्थामा असर गर्‍यो। यसले तरलतामा पनि दबाब पारेको छ,’ नबिल बैंकका डेपुटी सीईओ मनोज ज्ञवालीले भने।

nimb
nimb
Ncell 2
Ncell 2

यस्तै, राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् सेयर बजारमा कर्जा लिने लगानीकर्ताका लागि पनि लगाम लगाएको छ। मौद्रिक नीतिमा ४/१२ को क्याप (कुनै एक व्यक्ति वा कम्पनीले सेयर धितोमा एउटा बैंकबाट चार करोड रुपैयाँसम्म र सबै बैंक तथा वित्तीय संस्थाबाट समग्रमा १२ करोड रुपैयाँभन्दा धेरै कर्जा लिन नपाउने व्यवस्था) कायम गरिएको छ। उक्त व्यवस्थासँगै सेयर बजारमा धेरै उतार-चढाव आएको लगानीकर्ता तथा नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल बताउँछन्। यसले गर्दा निरन्तर उकालो लागिरहेको सेयर बजारमा ‘ब्रेक’ लागेको उनको बुझाइ छ।

राष्ट्र बैंकको निर्देशनले सेयर बजार तथा तरलता व्यवस्थापनमा समस्या आएका कारण म्रौद्रिक नीतिको पहिलो समीक्षामार्फत् सेयर धितो कर्जाको क्याप खारेज र सीडी रेसियो खारेज गरेर सीसीडी रेसियोलाई नै कायम गर्नुपर्ने आफूहरुको माग रहेको ढकालले बताए। उनले भने, ‘राष्ट्र बैंकसँग बैंकर तथा लगानीकर्ताको माग स्पष्ट छ- सेयर धितो कर्जाको सीमा खारेज गर्ने र सीडी रेसियो खारेज गरेर सीसीडी रेसियो लागू गर्नुपर्ने। राष्ट्र बैंकले म्रौद्रिक नीतिमा यी दुई कुरा सुधार गर्‍यो भने सेयर बजार र अन्य व्यावसायिक क्षेत्रमा पनि राम्रो हुन्छ।’

लगानीकर्ता तथा नेपाल इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियार पनि सेयर धितो कर्जाको सीमा र सीडी रेसियोमा सहज वातावरण बनाउनुपर्नेमा जोड दिन्छन्। ‘अर्थ मन्त्रालय सेयर धितो कर्जाको परिमार्जन गर्न सकारात्मक छ। हामीले पटक-पटक सेयर धितो कर्जा र सीडी रेसियोको बारेमा कुरा उठाएका छौं। यसमा अर्थमन्त्री सकारात्मक हुनुभएको छ,’ उनी भन्छन्, ‘तर, राष्ट्र बैंकले के गर्छ भन्ने कुरा स्पष्ट छैन। राष्ट्र बैंक पनि यसमा सकारात्मक हुन आवश्यक छ।’

नेपाल बैंकर्स संघले पनि मौद्रिक नीतिको समीक्षाका लागि आठ बुँदे सुझाव पेस गरिसकेको छ। संघले राष्ट्र बैंकलाई पछिल्लो समय देखिएको तरलताको चापलाई मध्यनजर गर्दै सीडी रेसियो, सीआरआर (राष्ट्र बैंकमा विनाव्याज राख्नुपर्ने अनिवार्य नगद मौज्दात) लगायतका विषयमा केही लचकता अपनाउन सुझाव दिएको छ। ब्याजदर अन्तर, सेवा शुल्क तथा आधार दरका व्यवस्थाहरू तथा सूत्र/विधि पुनरावलोकन गर्न, निर्देशित क्षेत्रमा लगानी गर्नुपर्ने सीमामा केही लचकता अपनाउन संघले सुझाव दिएको छ। एसएमई बोण्ड, परिवर्तनीय र स्थायी ऋणपत्रजस्ता वित्तीय उपकरणहरु जारी गर्नका लागि उचित व्यवस्था गर्न, पुनर्कर्जामा प्रदान गरिने ब्याजदर अन्तर पुनरावलोकन गर्न, भारतीय बैंकमा रहेको निक्षेपमा ब्याज प्राप्त हुनेगरी लगानी गर्न सकिने व्यवस्था गर्न पनि संघले माग गरेको छ।

यस्तै, डिजिटल बैंकिङलाई प्रोत्साहन गर्न, फिन्टिच कम्पनीलाई सहायक कम्पनीको रुपमा स्थापना गर्नका लागि उचित नीति तयार गर्न र बैंकहरुले वित्तीय साक्षरतालगायत बैंकिङ प्रवर्द्धनका लागि आर्थिक सहयोग प्रदान गरेमा सो खर्च बैंकहरुले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समावेश गराउन पाउने व्यवस्था गर्न संघले राष्ट्र बैंकलाई सुझाव दिइएको छ।

प्रकाशित मिति: सोमबार, मंसिर ६, २०७८  १७:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
नेप्सेमा गिरावट कायमै, ५ अर्ब ७ करोडको कारोबार नेप्सेमा दोहोरो अंकको गिरवाट आएसँगै आज २६२२ विन्दुमा कायम भएको छ। मंगलबार, भदौ २, २०८३
तरलता व्यवस्थापनको दबाबमा बैंकहरू, भदौमा पनि निक्षेपको ब्याजदर घट्यो बैंकिङ प्रणालीमा कर्जाको माग अपेक्षाकृत कमजोर रहँदा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिने क्रम जारी छ। यसको प्रभाव वाणिज्य बैंकहर... आइतबार, साउन ३१, २०८३
निरन्तर एक सातादेखि अमेरिकी डलरको मूल्य स्थिर नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैय... शनिबार, साउन ३०, २०८३
ताजा समाचारसबै
नेप्सेमा गिरावट कायमै, ५ अर्ब ७ करोडको कारोबार मंगलबार, भदौ २, २०८३
प्रतिनिधि सभा बैठक (लाइभ) मंगलबार, भदौ २, २०८३
कांग्रेस महाधिवेशनको प्रक्रिया आजबाट सुरु, गगन थापाले भने– ‘अब कार्यतालिका पछ्याउँछौँ’ मंगलबार, भदौ २, २०८३
मर्यादित बन्न सभामुखले निर्देशन दिएपछि आशिकाले गरिन् प्रतिनिधि सभा बैठक बहिस्कार मंगलबार, भदौ २, २०८३
सुनसरी-सिरहा घटनाको प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्