काठमाडौं– नेपाली कांग्रेस प्युठानले जिल्ला अधिवेशन भोलि (मंगलबार) हुने भएको छ।
सोमबार सभापतिको उम्मेदवारको मनोनयन सकिएको छ। सभापतिका लागि विष्णु कुमार गिरी र शिव रिजालको उम्मेदवारी परेको छ।
गिरी संस्थापनइतरका जिल्ला नेता हुन्। उनी गौमुखी गाउँपालिकाका अध्यक्ष समेत हुन्। गिरीलाई योजना आयोगका पूर्वउपाध्यक्ष तथा गत निर्वाचनमा प्युठानमा कांग्रेसका उम्मेदवार डा गोविन्द पोखरेलको साथ छ।
रिजाल कांग्रेसका पूर्वजिल्ला सचिव हुन्। साथै, उनी नौबहिनी गाउँपालिकाका पनि अध्यक्ष हुन्। रिजाल पार्टीको संस्थापन पक्षका उम्मेदवार हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।