काठमाडौं– कांग्रेस सभापतिमा उम्मेदवारीको घोषणा गरेका नेता प्रकाशमान सिंहको परिवारका सदस्य महाधिवेशन प्रतिनिधिमा छनोट भएका छन्।
सिंहकी पत्नि सिर्जना सिंह र पुत्र प्रभाशमान सिंह केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चयन भएका छन्। काठमाडौं-७ बाट सिर्जना र प्रभाशमान सर्वसहमतिमा प्रतिनिधि चयन भएका हुन्। प्रभाशमान नेता सिंहका जेष्ठ पुत्र हुन्। उनी तरुण दलको राजनीतिमा पनि सक्रिय थिए।
काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा आज अधिवेशन भइरहेको छ। प्रतिनिधि सभा क्षेत्रको सभापतिका लागि केही स्थानमा मनोनयन भएको छ भने केही स्थानमा सर्वसहमतिको प्रयास भइरहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।