काठमाडौं- विगत १० वर्षदेखि जापानलाई कर्मथलो बनाएका गीतकार नारायण कँडेलले नयाँ लोकदोहोरी गीत सार्वजनिक गरेका छन्।
नारायण कँडेलको यूट्युव च्यानलबाट सार्वजनिक गरिएको "गल्ती" शीर्षकको लोकदोहोरी गीतमा नारायण कँडेलको शब्द रहेको छ।
गायक विक्रम परिवार र सुनिता बुढा क्षेत्रीले स्वर दिएको गीतमा गायक तथा संगीतकार खेम सेन्चुरीको संगीत रहेको छ।
'गल्ती' गीतको भिडियोमा अर्चना काउचा मगर र विनोद भण्डारीको अभिनय रहेको छ। भिडियो विनोद भण्डारीले निर्देशन गरेका हुन्।
कँडेलका अहिलेसम्म ५० भन्दा बढी गीतहरू सार्वजनिक भैसकेका छन्।
वि.स. २०६१ मा पानी र झुल्के घाम सार्वजनिक गरेका कँडेलका केही गीतहरू लोकप्रिय छन् । मनमा पिडा छ होला, यस्तै छ कहानी परदेशी को भाग १-४, सलामी राष्ट्रीय तथा आधुनिक गीती संग्रह, हाँसि हाँसी पञ्चे बाजा, आफ्नोपन उनका चलेका गीतहरू हुन् । कान्छी शिरियलको शीर्ष गीत पनि उनैले कोरेका हुन्।
लोकदोहोरीका अलवा आधुनिक गीत, पन्चेवाजा, भजन तीज गीतहरूमा पनि कलम चलाएका कँडेलले गीत लेखनबाटै माया र सम्मान पाएका छन्। राष्ट्रियता झल्काउने सलामी एल्बमको लागी नेपाली दुतावास जापानले उनलाई सम्मान गरेको थियो । पावर इन्टरनेशनल मिडीयाको डायस्पोरा सम्मान, क्वालिटी ईन्टरटेन्मेन्ट अवार्ड राष्ट्रिय स्रस्टा सम्मान उनले प्राप्त गरेका केही सम्मान र अवार्ड मध्य हुन्।
गीतकार कँडेलले आफ्नै लगानीमा गीतहरू सार्वजनिक गर्ने गर्दछन् । गीतसंगीतलाई अन्त्यन्तै माया गर्ने कँडेल गायककार तथा संगीतकारका प्रीय गीतकार हुन्। बर्षौ देखि अनवरत रूपमा साधनारत कँडेल क्षणिक चर्चा र बजारको पछि नलाग्ने, बरू पछिसम्मका लागि सोचेर मौलीक गीतसंगीत सिर्जनामै तल्लिन हुने बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।