काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत कास्कीका ३ वटा निर्वाचन क्षेत्र (प्रतिनिधि सभा)को सभापतिका लागि ६ जनाको उम्मेदवारी परेको छ।
कास्की क्षेत्र नम्बर १ को सभापतिका लागि राजेन्द्रमणि लामिछाने र बुद्धिमान गुरुङले उम्मेदवारी दिएका छन्। यस क्षेत्रमा जिल्ला सभापति कृष्ण केसी र पूवसभापति यज्ञबहादुर थापाले आफु निकटको प्यानल बनाएका छन्।
कास्की २ को सभापतिका लागि केशरप्रसाद निर्दाेषी र पुण्डरी बराल भिड्ने भएका छन्। कास्की २ मा नेताहरु देवराज चालिसे र शुक्रराज शर्मा पक्षधर भिड्ने भएका हुन्।
कास्की क्षेत्र नम्बर ३ मा सभापतिका लागि मनोज गुरुङ र खिमलाल बास्तोलाको मनोनयन परेको छ। गुरुङ तरुण दल कास्कीका अध्यक्ष हुन्। बास्तोला कास्कीका पुराना नेता हुन्।
प्रतिनिधि सभा क्षेत्रको अधिवेशन कास्कीमा आज (सोमबार) हुँदैछ। जिल्ला अधिवेशन भने मंसिर १० मा हुनेछ। जिल्ला सभापतिका लागि सुदीपमोहन भट्टराई र किशोरदत्त बरालबीच प्रतिस्पर्धा हुने चर्चा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।