रोल्पा- नेपाली कांग्रेस रोल्पाको दुवै प्रदेश सभा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।
आइतबार भएको निर्वाचनको अन्तिम मतपरिणाम अनुसार निर्वाचन क्षेत्र नम्बर ‘क’मा सभापति शेरबहादुर देउवा पक्ष र ‘ख’मा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले जित हासिल गरेको छ।
प्रदेश सभा ‘क’मा सीमबहादुर विष्टलाई १७ मतान्तरले पछि पार्दै दुर्गाबहादुर खड्का निर्वाचित भएका छन्। प्रदेश सभाका अन्य सबै पदाधिकारी तथा सदस्य भने सीमबहादुर विष्ट प्यानलले हात पारेको छ। विष्ट वरिष्ठ नेता पौडेल र खड्का देउवानिकट मानिन्छन्।
प्रदेश सभा ‘ख’मा दिलमान बुढाथोकीलाई ६५ मतान्तरले पराजित गर्दै गोपाल घर्तीमगर सभापतिमा निर्वाचित भएका छन्। उक्त निर्वाचन क्षेत्रका सबै पदाधिकारी तथा सदस्यहरू उनकै प्यानलबाट निर्वाचित भएका छन्। घर्तीमगर पौडेल र बुढाथोकी देउवानिकट मानिन्छन्।
जिल्ला कार्यसमितिको सभापतिमा किशोर आचार्य र मानबहादुर खत्रीले प्रतिस्पर्धा गर्दैछन्। आचार्य वरिष्ठ नेता पौडेल र खत्री सभापति देउवानिकट मानिन्छन्। जिल्ला कार्यसमितिको निर्वाचन भोलि मंगलबार हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।