काठमाडौं– स्याङ्जाको दुई प्रतिनिधि सभा क्षेत्रको कांग्रेस सभापतिका लागि चार जनाको मनोनयन परेको छ।
स्याङ्जा १ का को सभापतिका लागि तुलसीराम रेग्मी र ओमबहादुर भट्ट क्षेत्रीले प्रतिस्पर्धा गर्ने भएको छन्। रेग्मीले संस्थापनइतरबाट उम्मेदवारी दिएका छन्। क्षेत्री सभापति शेरबहादुर देउवा खेमाका हुन्।
स्याङ्जा २ मा दिलीपप्रताप खाँण र ध्रुवप्रसाद शर्मा पंगेनीको उम्मेदवारी परेको छ। खाँण वालिङ नगरपालिकाका मेयर हुन् भने पंगेनी पूर्व प्राध्यापक हुन्।
संस्थापन पक्षबाट खाँण र इतरबाट पंगेनी भिड्ने भएका छन्। स्याङ्जाको जिल्ला अधिवेशन मंसिर १० मा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।