काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्यद्वय महेश बस्नेत र गोकुल बास्कोटाले सचिवमा उम्मेदवारी दिने तयारी गरेका छन्।
यही मंसिर १०-१२ गते चितवनमा हुने एमालेको दशौं महाधिवेशनमा बस्नेत र बास्कोटाले सचिवमा उम्मेदवारी दिने तयारी गरेका हुन्।
‘अहिले महासचिव को भन्ने टुंंगो लागेको छैन। त्यसपछि को को सचिवमा उम्मेदवारी दिन्छन् भन्ने टुंंगो लाग्छ’, बस्नेतनिकट एक नेताले भने, ‘अहिलेसम्म महेश कमरेड र गोकुल कमरेड सचिवमा उम्मेदवारी दिने तयारीमा हुनुहुन्छ।’
बस्नेत र बास्कोटा एमालेमा निरन्तर अध्यक्ष केपी शर्मा ओलीनिकट रहेका काम गरेका नेता हुन्। उनीहरू दुवैजना पूर्वमन्त्रीसमेत हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।