काठमाडौं– नेपाली कांग्रेस पाँचथरको सभापतिमा संस्थापनइतरका दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ।
हिजो भएको उम्मेदवारको मनोनयनमा सुरेन्द्रकुमार दाहाल र रुपनारायण जबेगुको उम्मेदवारी परेको छ। दाहाल यसअघि दुई पटकसम्म सभापतिमा प्रतिस्पर्धा गरेर पराजित भएका थिए। उनी गत निर्वाचनमा पाँचथर २ बाट प्रदेश सभाका लागि कांग्रेसको उम्मेदवार बनेका थिए।
जबेगु वर्तमान कार्यसमितिका सचिव हुन्। दाहाल र जबेगु दुबै जना संस्थापनइतरका जिल्ला नेता हुन्। वर्तमान सभापति नरेन्द्रकुमार केरुङको दोस्रो कार्यकाल भएकाले उनी सोही पदमा दोहोरिन विधानले नदिएपछि नयाँ अनुहार जिल्ला सभापतिमा आउन लागेका छन्।
शनिबार भएको प्रदेश क्षेत्रको सभापतिमा प्रदेश ‘क’मा भोगिश्वर योङ्हाङ र ख मा मैयाँ श्रेष्ठ लावती विजयी भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।