काठमाडौं- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा जिल्ला अधिवेशन हुँदैछ।
संस्थापनइतरको असहमतिका बाबजुद एकपक्षीय रुपमा जिल्ला अधिवेशन हुन लागेको हो।
अधिवेशनबाट परशुराम नगरपालिका मेयरसमेत रहेका नेता भीमबहादुर साउद जिल्ला सभापति बन्न लागेका छन्। हालसम्म साउदको मात्रै मनोनयन परेकाले उनी नै जिल्ला सभापति बन्ने नेविसघंका पूर्व अध्यक्षसमेत रहेका नैनसिंह महरले बताए।
यसअघि मंसिर ३ गते भएको प्रदेश क्षेत्रको अधिवेशनमा पनि देउवा निकट निर्वाचित भएका छन्। प्रदेश 'क' मा कैलाश पाण्डे र 'ख' मा गणेशराज भट्ट निर्वाचित भएका थिए।
यता, संस्थापनइतर नेता कार्यकर्ता कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्नामा छन्। जिल्ला सभापति कर्णबहादुर मल्ल सहितका नेता कार्यकर्ता मंसिर १ गतेदेखि रिले अनसनमा छन्।
जिल्ला सभापति नै अनुपस्थित जिल्ला अधिवेशनबाट देउवा पक्षका साउद सभापति बन्न लागेका छन्। संस्थापन इतर पक्षले क्रियाशील सदस्यतामा भएको धाधली अन्त्य गरी पुन: अधिवेशनको माग गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।