काठमाडौं– चालू आर्थिक वर्षको पहिलो चार महिनामा एक लाख ३६ हजारले वैदलेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्। यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा तेब्बरले बढी हो।
वैदेशिक रोजगार विभागका अनुसार कात्तिकमा ५५ हजार, असोजमा ४० तथा साउन र भदौमा ४१ हजार ८४१ ले श्रम स्वीकृति लिएका हुन्।
कात्तिकमा श्रम स्वीकृति लिएकामध्ये ३० हजार १८ जनाले पहिलो पटक श्रम स्वीकृति लिएका छन् भने बाँकीले पुनः श्रम स्वीकृति लिएको विभागले जनाएको छ।
चालू आर्थिक वर्षको चार महिनामा वैदेशिक रोजगारीका लागि धेरैको रोजाइमा कतार भएको छ। सो अवधिमा ५० हजारभन्दा बढी श्रम स्वीकृति लिएर कतार गएका छन्।
कतारपछि साउदी अरब जान लगभग ४२ हजारले श्रम स्वीकृति लिएका छन्। त्यस्तै संयुक्त अरब इमिरेट्स (यूएई), मलेसिया, कुुवेत, ओमान र बहराइनलगायतका देश छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।